प्रियङ्कालाई विमलको पत्र

विमल नेपाल- दिदी, मैले तपाईंको पछिल्लो स्टाटस पढें । साँच्चै भावुक बनायो । अनि तपाईंको स्टाटसले आमसञ्चार माध्यम र सामाजिक सञ्चालमा खुब स्थान पाएकोमा खुसी लाग्यो । हुनतः म पनि यो पितृसत्ताको ह्याङओभरले ग्रस्त पुरुष हूँ । चाहेर पनि नारी संवेदना बुझ्न सक्दिनँ होला । 
prayanka दिदी तपाईंले ‘रातदिन, चाडपर्व नभनी दर्शकको मनोरञ्जनका लागि खट्छु । तर दर्शकबाट अश्लील र असभ्य गाली पाउदा मन कुँडिने’ कुरा गर्नु भएको छ । असभ्य कमेन्ट गर्नेहरुलाई ‘आफ्नो घरमा छोरीचेली छैनन् ?’ भनेर सोध्नु भएको छ । जसकारण तपाईं मन रोएको कुरा उल्लेख गर्नु भएको छ । तपाईंको वेदना पढ्दा म पनि भावुक भएँ । र मनमा धेरै कुरा खेल्यो । प्रश्नहरु उब्जियो ।
तपाईंलाई जसले अश्लील गाली ग¥यो, त्यो शतप्रतिशत गलत हो । तर तपाईंलाई किन त्यसरी मान्छेले गाली गरेका होलान् रु तपाईंलाई मात्रै होइन, रंगकर्मका अधिकांश नारीपात्रलाई मान्छेहरुले यसैगरी गाली गरेको देख्छु, सुन्छु । तर, सभामुख ओनसरी घर्तीलाई कसैले त्यस्तो कमेन्ट गर्दैनन्, प्रधनन्यायाधीश सुशीला कार्कीलाई पनि त्यस्तो कमेन्ट गरेको देखेको सुनेको छैन । रंगकलामा जीवन नै समर्पित गरेर लागि परेका मिथिला शर्मा, गौरी मल्ललाई पनि गाली गरेको सुनेको छैन । तर नयाँ पुस्ताका कलाकारले किन दर्शककै अपमानको सामना गरिरहनु परेको छ ? नयाँ पुस्तामा जमेका भनिएका वा आफूलाई अब्बल दर्जाको कलाकार दाबी गर्नेहरुले किन आफूलाई मेन्टेन गर्न सकेनन् ?
 कला क्षेत्र नै बदनाम हो या कलाकारको कमजोरी ? तपाईंले भन्नुहोला, ‘हामी आधुनिक सभ्यताको सिको गर्न खोजेकाले हामी माथि यस्ता गाली वर्षिएको हुनसक्छ ।’ तर आधुनिक हुने नाममा कतै सभ्यतालाई भुल्नु भएको त छैन ? नग्नतालाई नै आधुनिक सभ्यताको मानक मानेर नेपाली कलाकारले चर्चित बन्ने लोभमा धरातल नै मक्किएको छ ।
 अनि तपाईंहरुले मिडियामा दिने अन्तरवार्ताको वजनले पनि दर्शकले स्तरमापन गरेका हुन सक्छन् । यसको अर्थ तपाईंहरुमा व्यापक खोट छ भन्न खोजेको होइन । तर सुधारिनु पर्नेबारे पनि सोच्नु भएकै होला । नसोचेको भए सोच्नु पर्ने बेला आएको छ । समग्र रंगकला क्षेत्रकै प्रतिष्ठाको लागि तपाईंहरुमा पनि केही परिवर्तनको जरुरी छ । त्यसको सुरुवात तपाईंबाटै होस् । तपाईंको दुखेको मनमा मल्हम लाग्न सकोस् ।

0 comments

Write Down Your Responses