आत्महत्या गर्नुअघि प्रत्युषाको गर्भपतन रहस्य सार्बजनिक
आत्महत्या गर्नुअघि प्रत्युषाको गर्भपतन रहस्य सार्बजनिक
1
एजेन्सी: मुम्बइको जेजे अस्पतालले निकालेको रिपोर्टबाट आत्महत्या गरेकी प्रत्यूषा बनर्जी (आनन्दी) गर्भवती भएको पुष्टि भएको छ। उक्त अस्पतालका चिकित्सको रिपोर्ट अनुसार २४ वर्षीया प्रत्यूषाले आत्महत्या गर्नु एक दिन अगाडि अबोर्सन गराएकी थिइन्। प्रत्यूषाको आत्महत्या पहिले पनि चिकित्सकहरुले उनी गर्भवती भएको दाबी गर्दै आएका थिए। यता, जेजे अस्पतालले प्रत्यूषाको शरीरको तन्तुलाई सुक्ष्म तरिकाले परीक्षण गरेपछि उनी गर्भवती भएको रहस्य खुलेको हो। यस्तै एउटा अंग्रेजी पत्रिकाले पनि उनी एक महिना पहिले नै गर्भवती भएको दाबी गर्दै आएको थियो। उनको शरीरको तन्तुमा परीक्षण गरिसकेपछि ‘युट्रस सेकेन्डरी इन्फेकसन तथा इन्जरी भेटिएको थियो, जुन महिलाको गर्भ हटाउने बेलामा देखिन्छ।’ चिकित्सका अनुसार यस्तो इन्जरी कुनै पनि महिलाले गर्भपतन गराईसकेपछि देखिन्छ।
अर्थात चिकित्सको परीक्षणले प्रत्युषा आतमहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन्। किन आएको थियो गर्भवती भएको समाचार ? फोरेन्सिक सर्जन्सका अनुसार प्रत्युषाको यूट्रेसमा सेतो रंगको थिक फ्लुइड (Thick Fluid) पाइएको थियो। जुन महिलाको गर्भवतीको सुरुवातको चरणको संकेत हो। यस्तै पुलिस सर्जन डा. एस एम पाटिल केही दिन पहिले नै सञ्चार माध्ययमा भनेकी थिइन् की प्रत्युषाको थिक फ्लुइड (Thick Fluid) सुरक्षित राखिएको तथा हिस्टोप्याथोलोजी जाँच गर्नको लागि पठाइसकिएको थियो। यहीबाट पत्ता लाग्छ की उनी गर्भवती थिइन्।’ को थियो बच्चाको बुवा ?
विशेषज्ञहरुले प्रत्युषाको गर्भमा रहेको बच्चाको बाबु पत्ता लगाउन भने प्रहरीलाई धेरै कठिन हुने बताएका छन्।
उनीहरुका अनुसार कुनै पनि त्यस्तो तन्तु अब बाँकी छैन जसको डीएनए परीक्षण गरेर बाबुको पहिचान पत्ता लाग्ने छ। तर उनी ब्वायफ्रेन्ड राहुल राज सिंहसँग लामो समय सम्बन्धमा थिइन्। दुवैजना एउटै फ्लाइटैमा सँगै बस्दै आएका थिए। त्यही फ्लाइटमा प्रत्यूषाको लास पंखामा झुन्डयाइएको अवस्थामा भेटिएको थियो।


0 comments
Write Down Your Responses