गायिकापछि नायिका

संगीतमा केही गर्ने योजनाका साथ अघि बढेकी छिन्, सुनीता कार्की । पछिल्लोपटक ‘ए बतास...’ बोलको गीत गाएकी सुनीतालाई लाग्छ थालेको छ, ‘ए बतासको रिलिजपछि करिअर केही उँचो हुन्छ ।’ सावित्री राउतको शब्द र किरण क“डेलको संगीत रहेको ‘ए बतास...मा माया प्रकृतिबीच संयोजनको कुरा गरेको सुनीताको भनाइ छ । 
यो गीत कुन वर्गका लागि होला ? सुनीता भन्छिन्, ‘सबै वर्गलाई मन पर्ने गीत गाउने कोसिस गरेकी छु ।’ भिडियो तयार भइसकेको यो गीतको मोडलिङमा सुनीता स्वयं सहभागी भएकी छन् । भिडियो हेर्नेहरूमध्ये नराम्रो कसैले भनेको छैन । त्यसकारण पनि उनी उत्साहित छिन् । भन्छिन्, ‘मैले गायनमा मात्रै होइन, अभिनयमा पनि मेहनत गरेकी छु ।
 व्यवसायी उद्धव कार्कीकी छोरी सुनीता पारिवारिक प्रेरणाकै कारण गायनमा अघि बढ्न सजिलो भएको धारणा राख्छिन् । यसअघि नै उनले वरिष्ठ लोकगायक हरिबहादुरसँग ‘कस्तो तिर्सना...’ बोलको गीत गाएकी थिइन् । दर्जनभन्दा बढी गीतमा स्वर दिएकी सुनीताको योजना छ, ‘निरन्तर संगीतमै समर्पित रहने’ । संगीतमा निरन्तरता सहज छैन भन्नेमा उनी सचेत छिन् । त्यसका लागि संगीतप्रतिको भक्तिभाव महŒवपूर्ण हो भन्नेमा जानकार छिन् ।

 त्यसैका लागि पनि अर्को भव्य एल्बमको तयारीमा लागिसकेकी छन् । भन्छिन्, ‘ए बतासको रेस्पोन्स हेरेपछि नयाँ एल्बम लिएर आउछु ।’ सुरेश अधिकारीको संगीतमा नयाँ एल्बमको तयारीमा जुटिसकेकी छन् उनी । एनटीभी न्युज च्यानलमा संगीतसँग सम्बन्धित कार्यक्रम ‘संगीत यात्रा’को सञ्चालक समेत रहेकी सुनीता संख्यासँगै गीतमा स्तरीयतासमेत खोजी गर्ने बताउँछिन् ।

0 comments

Write Down Your Responses