वीरगन्ज भन्सार कार्यालयमा आगलागी
२०७३ बैशाख १४ मंगलवार
वीरगन्ज: वीरगन्ज भन्सार कार्यालयमा मङगलवार साँझ आगलागी भएको छ।
भन्सार कार्यालयको भारतीय सवारी सधानका लागि अस्थायी पास उपलब्ध गराइने इन्ट्रि शाखामा साँँझ पौने ६ बजे बिद्युतको तार सर्ट भएर आगलागी भएको हो।
आगलागीबाट इन्ट्रि शाखामा रहेको दराज , टेबुल , कुर्सी लगायतका फर्निचर तथा कागजपत्र सहितका सामान जलेर नष्ट भएको छ।
आगलागीबाट करिब एक लाख मुल्य बराबरको क्षति भएको भन्सार कार्यालय प्रमुख सेवन्तक पोख्रेलले बताए।
इन्ट्रि शाखामा निर्माण भइरहेको फलामको घुम्तीमा बेल्डिङ गर्ने क्रममा विद्युतको तार सर्ट भएर आगलागी भएको पोख्रेलले बताए। आगो सशस्त्र प्रहरी , नेपाल प्रहरी र भन्सारका कर्मचारीहरुले तत्काली निभाएका थिए।
आगो निभिसके पछि मात्र घटनास्थलमा वीरगन्ज उपमहानगरपालिका कार्यालयको वारुण यन्त्र पुगेको थियो। आगो लाग्ने बित्तिक्कै प्रहरी र कर्मचारीहरुले निभाउन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको भन्सार कार्यालय प्रमुख पोख्रेलले बताए।
एक त अरु दिनको जस्तो हावाहुरी पनि चलेको थिएन , उनले भने ,‘अर्को कुरा आगो सल्किने बित्तीक्कै प्रहरी र कर्मचारीहरुले सावधानी अपनाएर निभाइ हाले। तत्कालै निभाउन नसकिएको भए इन्ट्रि शाखाकै पछाडि रहेका मालवाहक ट्रक , कन्टेनर र भन्सार यार्डमा आगो सल्किएर अर्बौको नोक्सानी हुन सक्ने खतरा रहेको पोख्रेलले बताए।
एक वर्ष पहिले पनि भन्सार कार्यालयकै सामान भण्डारण गर्ने ठूलो गोदममा विद्युतकै तार सर्ट भएर आगलागी हुदा करोडौ रुपैयाको मालसामान जलेर नष्ट भएको थियो।


0 comments
Write Down Your Responses