मलेसियामा सोम मृत भेटिए

मलेसियामा सोम मृत भेटिए प्रवास २०७२ चैत्र २१ ३५० पटक हेरिएको 0 0Google +0 0 New Image title जोहर । रोजगारीका लागि मलेसियामा गएका एक नेपालीको सुतेकै अवस्थामा ज्यान गएको छ । जोहर राज्यको पीटीपीमा रहेको फ्लोसेटोनिक कम्पनीमा कार्यरत बर्दियाका सोम मगरको सुतेकै अवस्थामा ओछ्यान मै मृत्यु भएको हो । 
गत शुक्रबार आफ्नो नियमित ड्यूटी गरेर फर्केका उनी राति कोठामा सुतेका थिए । शनिबार बिहानसम्म नउठेपछि उनलाई बोलाउन गएका साथीले सोमलाई मृत अवस्थामा भेटेको उनकै कम्पनीमा कार्यरत मोरङका कमल आचार्यले जानकारी दिए । मगरको शव पोष्टमार्टमका लागि जोहरको सुल्तान अस्पतालमा राखिएको छ । पछिल्लो समय मलेसियमा बेलुका सकुशल सुतेका व्यक्ति बिहान मृत भेटिने संख्या बढ्न थालेको छ ।

0 comments

Write Down Your Responses