सेक्स कमेडी फिल्म गर्दिनः नरगिस
मुम्बई । अभिनेत्री एवं मोडल नरगिस फाखरीले हिन्दी सेक्स कमेडी फिल्ममा काम गर्न अप्ठयारो भएको धारणा राखेकी छिन् । अमेरिकी मोडल-अभिनत्री नरगिस केही वर्षदेखि बलिउडमा सक्रिय छिन् ।
उनले अभिनय गरेको पछिल्लो फिल्म ‘हाउसफूल’ को तेस्रो श्रृङ्खला प्रदर्शनको तयारीमा छ । उनले यही नै आफ्नो बलिउडको अन्तिम सेक्स कमेडी फिल्म हुने धारणा राखिन् ।
‘अब म बलिउडका सेक्स कमेडी फिल्ममा काम गर्दिन ।’ उनले भनिन् ।
बेलायत, अमेरिका, जर्मन लगायतका मुलुकमा सेक्स कमेडी फिल्मलाई दर्शकले सकारात्मक रुपमा लिने गरेको उनको बुझाई छ । तर, भारतीय दर्शक सेक्स कमेडीलाई सकारात्मक रुपमा लिंदैनन् ।
‘म जर्मन वा अमेरिकामा जस्तोसुकै सेक्स कमेडी फिल्ममा काम गर्न सक्छु तर, भारतमा सक्दिन ।’
उनले भनिन् । हलिउडका सेक्स कमेडी फिल्मवाट प्रभावित भएर भारतीय निर्देशकले ग्रयाण्ड मस्ती, क्या सुपर कुल है हम, मस्तीजादे लगायतका फिल्म बनाएका थिए । तर, ति फिल्मले ब्यबसायिकता ग्रहण गर्न नसके जस्तो लागेको छ उनलाई । नरगिसले अभिनय गरेको ‘हाउसफुल-३’ मा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख लगायतका कलाकारले अभिनय गरेका छन् ।


0 comments
Write Down Your Responses