काठमाडौं एशियाकै प्रदूषित सहर हो त ?

air-pollution_ktmकेही दिन अगाडि नेपालका अखबारहरूमा प्रकाशित वायु प्रदूषण सम्बन्धी समाचारले धेरै नेपालीको ध्यान खिचेको सामाजिक सञ्जालमा प्रस्ट देखियो । सर्वियाको एक अनलाइनले प्रकाशित गरेको रिपोर्ट अनुसार काठमाडौं एशियाको सबै भन्दा प्रदूषित सहर र विश्व को तेस्रो प्रदूषित सहरका रूपमा खबर आउँदा सबैको ध्यान खिच्नु स्वाभाविक नै थियो ।
 व्यक्तिगत रूपमा मेरो पनि दुई कारणले ध्यान खिच्यो । एक- देशको राजधानीवि श्वको प्रदूषित सहरमा परेका कारण । र, दोस्रो, वायुमण्डलीय विज्ञानको विद्यार्थीका नाताले । के हो त वायु प्रदूषण ? वायुमण्डलमा विभिन्न प्रकारका स्वस्थलाई खराब गर्ने पदार्थहरू भित्रिनु नै वायु प्रदूषण हुनु हो । त्यस्ता प्रकारका पदार्थहरू ठोस, तरल र ग्यास तीनै रूपमा भित्रिन सक्छन् । 
त्यस्ता प्रकारका पदार्थहरू प्राकृतिक र कृत्रिम (मानवीय कारण) दुवै तरिकाले वायुमण्डलमा प्रवेश गर्दछन् । lवायु प्रदूषण गर्ने प्रमुख पदार्थहरूमा सल्फर अक्साइड , नाइट्रोजन अक्साइड , कार्बन मोनोअक्साइड, अर्गानिक पदार्थ, वायुमण्डलीय सुष्म कण , ओजोन ग्यास आदि हुन् । 
 यस्ता पदार्थहरू श्वास फेर्दा श्वास नली हुँदै फोक्सो तथा रक्तसंसार प्रणालीसम्म पुग्न सक्छन् र मानव स्वास्थ्यमा प्रतिकूल असरहरू देखा पर्छन् । अमेरिका को वातावरण संरक्षण संस्था (इपीए) ले विभिन्न मात्राको वायु प्रदूषणलाई स्वास्थ्यमा पार्ने असरका आधारमा विभिन्न वर्गमा विभाजन गरेको छ । तल प्रस्तुत टेबुलले विभिन्न वायु प्रदूषणको मात्रा, स्वास्थ्यमा पार्ने असर र त्यसलाई जनाउने रङ उल्लेख गरेको छ ।

0 comments

Write Down Your Responses