यस्तो छ रेखा र प्रियंकाको भिडन्त

काठमाडौंः वर्षको अन्तिम शुक्रबार दुई अपेक्षा गरिएका नेपाली चलचित्र एकआपसमा भिड्दै छन् । रेखा थापाको ‘रामप्यारी’ र विकास आचार्यको ‘नाइँ नभन्नु ल ४’ नयाँ वर्षमा दर्शकमाझ आउँदैछन् । सविर श्रेष्ठको निर्देशनमा बनेको बहुप्रतीक्षित चलचित्र ‘रामप्यारी’ उपत्यकाभित्रका १६ र काठमाडौं बाहिर ४४ गरी पाँच दर्जन हलमा चल्ने पक्का भइसकेको निमात्री तथा अभिनेत्री रेखा थापाले जानकारी दिइन् । उन   भनिन्, ‘अन्य हलमा पनि कुरा भइरहेको छ । यो संख्या थप हुन सक्छ ।’ व्यावसायिक रूपमा सफल चलचित्र बनाउने रेखाले आफ्ना चलचित्रमा नारीको भूमिकालाई प्रमुख बनाएकी हुन्छिन् ।
  ‘रामप्यारी’ मा पनि महिला टेम्पो चालकको विषयलाई उठाइएको छ । चलचित्रको प्रोमोमा रेखा एक्सन भूमिकामा देखिएकी छन् । आम मानिसको कथा भएको र सामाजिक अभियानको रूपमा चलचित्रलाई दर्शकमाझ ल्याइएको उनको दाबी छ । चलचित्रमा रेखाको साथमा सविन श्रेष्ठ, आष्मा डीसी, आभाष अधिकारीलगायतको अभिनय छ । एकपछि अर्को गर्दै सिक्वेल बनिरहेको ‘नाइँ नभन्नु ल’ को चौथो सिक्वेल पनि शुक्रबारदेखि नै प्रदर्शन हुँदैछ । काठमाडौं बाहिरका ४५ वटा तथा काठमाडौं भित्रका अधिकांश हलमा चलचित्र प्रदर्शन हुने निर्देशक विकास आचार्यले जानकारी दिए ।
    मार्मिक कथा र सुमधुर गीतसंगीतको कारण दर्शकको मन जित्न सफल अघिल्ला संस्करणको छविको कारण निर्देशक आचार्य यस चलचित्रबाट पनि निकै आशावादी रहेका छन् । यसपटक पनि यो चलचित्रका गीत चर्चामा छन् । ‘पारिवारिक कथा भएकोले चल्नुअघि नै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छु’, निर्देशक आचार्यले भने, ‘यो सबैको लागि बनेको चलचित्र हो ।’ बालकलाकार अनुभव रेग्मी यसपटक पनि चलचित्रको केन्द्रमा छन् । अनुभवका साथमा सरोज खनाल, प्रियंका कार्की, पल शाह, वर्षा राउतलगायतका कलाकारले चलचित्रमा-

0 comments

Write Down Your Responses