क्याराभान नायक थिन्लेको घोडासँगै लडेर मृत्यु

वैशाख १२, २०७३- ‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको डोल्पा फोक्सुण्डो गाविसको छेप्कामा घोडाबाट लडेर आइतबार मृत्यु भएको छ । बिहान उनी दुनैबाट घर साल्दाङतर्फ हिडेका थिए । उनी अभिनित फिल्म क्याराभान ओस्कारसम्म पुगेको थियो । ७२ वर्षीय थिन्ले चढेको घोडालाई खच्चरले धकेलेपछि उनी भीरबाट खसेको स्थानीयले बताएका छन् ।
 भीरबाट खसेको केहीबेरपछि उनको मृत्यु भएको डोल्पाका प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले बताए । थिन्लेको शव ल्याउन आइतबार ढिलो भएकोले हेलिकोप्टर मगाउन नसकिएकाले सोमवार बोकेरै दुनै ल्याउने वा हेलिबाट ल्याउने दुनैस्थित उनका घरबेटी रामकृष्ण रेग्मीले बताए ।

0 comments

Write Down Your Responses