लिम्बु फिल्महरुको अवार्ड एफ.एल.एफ. घोषणा
शनिबार, बैशाख १८, २०७३
काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्स प्रा.लि.ले काठमाडौंमा एक विशेष कार्यक्रम गरि लिम्बु फिल्महरुको अवार्ड एफ.एल.एफ.अवार्ड २०७३ (FLF Award 2073) घोषणा गरेको छ । पूर्व रक्षा मन्त्री तथा नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको उक्त कार्यक्रमा सोहि व्यानरद्वारा निर्माण भएको चलचित्र काबेलीका कलाकार र प्राविधिकहरुलाई सम्मान पनि गरीएको थियो ।
लिम्बु भाषा, कला, संस्कृति–संस्कार आदिलाई थप बिकास र विस्तार गर्न गराउने उद्देश्य लिइ उक्त अवार्ड गर्न गइरहेको फाल्गुनन्द लिङ्देन फिल्म प्रा.लि.का निर्देशक दिनेश लिङ्देनले बताए ।


0 comments
Write Down Your Responses