‘कुमारी’ भन्दै ४० वर्षीया नायिकाले राखिन् श्रीमान्का लागि विज्ञापन
थाइल्याण्डमा बैँककमा एक ४० वर्षकी अभिनेत्री अचम्मको तरिकाले श्रीमान् खोजिरहेकी छिन् । उनले यसका लागि शहरमा होर्डिङ बोर्डमा विज्ञापन गरेकी छिन् । आफू अझै भर्जिन रहेको समेत उनले उल्लेख गरेकी छिन् । उनले आफ्नो मोबाइल नम्बर समेत राखेकी छिन् ।
उनका अनुसार उनीसँग बिहे गर्न चाहनेले सोझै सम्पर्क राख्न सक्छन् । यी अभिनेत्रीको नाम अरान्या पुई पाथुमथोंग हो । बी ग्रेडका चलचित्र खेल्ने यी अभिनेत्रीको विज्ञापनको बोर्डमा ४० वर्षको उमेरमा रहेकी भर्जिन पुई अरान्या श्रीमान् खोज्दैछिन् भनेर लेखिएको छ ।
उनले यो पनि लेखेकी छिन् कि मर्नुभन्दा अघि बिहे गरेर कम्तिमा पनि एकपटक आफ्नो कुमारित्व भंग गर्न चाहन्छु । यस पोस्टरमा लगाइएको उनको तस्विर पनि उत्तेजक छ । तर अब यो पोस्टर उनको समस्या बनेको छ । पुलिसले यो पोस्टर मात्रै हटाएन, पोस्टर तयार गर्ने एड एजेन्सीलाई पनि जरिवाना गरेको छ ।


0 comments
Write Down Your Responses