खुसी हुन नसकेकी खुस्बु


फिल्म पाउँदा कलाकार जति फुरुंग हुन्छन्, समयमै रिलिज भएन भने त्यही भन्दा दु:खी । रातारात चम्कने लोभमा फिल्म खेल्ने त झन् निराश हुन्छन् । हिरोइन खुस्बु खड्का यसको ज्वलन्त उदाहरण हुन् । एटीएममा दिल खोलेर अंग प्रदर्शन गर्नेमा उनी पनि एक थिइन् तर कसैले पत्तै पाएन । सविना कार्की, जिया केसी र सोनिया शर्मा मात्र आँखाको तारो बने । उनी मख्ख परिन् । लगत्तै, उनको साइना भन्ने फिल्म रिलिज भयो तर दर्शकसँग कुनै साइनो नै नगाँसी हलबाट उत्रियो । तथास्तुको छोटो भूमिकाले उनको करिअरमा इँटा थपेन । तैपनि, कुन्नि के जादू चलाएर हो, उहिले बाजेको पालामा र सुकुलगुन्डा फिल्म खेल्न पाइन् । दुर्भाग्य ! दुई वर्ष बितिसक्दा पनि यी फिल्म रिलिज भएका छैनन् । अनि, खुस्बु खुसी हुनु पनि कसरी ? १५ चैतमा उहिले बाजेको पालामाको ट्रेलर रिलिज भएपछि भने उनलाई थोरै सही तर राहत मिलेको छ ।

0 comments

Write Down Your Responses