साइड लागिन् शिल्पा


छविराज ओझा आफ्नो सुरुआती बोलीमै टिकेको भए यतिबेला नेपाली पर्दामा रेखा थापा र शिल्पा पोखरेलको भिडन्त देख्न पाइन्थ्यो । तर, छविलाई भनेको मितिमा फिल्म रिलिज नगर्ने बानी जो लागिसकेको छ । त्यसैले किस्मत २ नयाँ वर्षको पूर्वसन्ध्यामा रिलिज गर्ने गफ दिए पनि पछि हटे । रेखाको रामप्यारीसँग जुधाउने आँट आएन सायद । लोफरका बेला पनि उनले रेखालाई ठाउँ छोडिदिएका थिए । त्यसैले यसपटक उनले रेखालाई मनाउँछन् भन्ने अड्कल गरिएको थियो । तर, रेखा कहाँ पछि हट्थिन् र ? त्यसमाथि झन्डै डेढ वर्षपछि उनी होम प्रोडक्सनको फिल्ममा झुल्किएकी हुन्, स्वाभाविक रूपमै उनले सिंगल थिएटरमा ग्रान्ड ओपनिङ गर्ने छिन् । जबकि, शिल्पाको पछिल्लो फिल्म फागु बक्स अफिसमा चिप्लियो । अर्कोतिर रामप्यारीसँगै हिट सिक्वेल नाइ नभन्नु ल ४ पनि प्रदर्शन भइरहेको छ । अनि, छविसँग शिल्पालाई साइड लगाउनुको विकल्प बाँकी पनि भएन ।

0 comments

Write Down Your Responses