चैत्र २८, २०७२- शाहरुख खान ठूला फिल्मसँग बक्स अफिसमा आफ्ना फिल्म जुधाउन माहिर मानिन्छन् । उनका थुप्रै फिल्महरु अरुसँग जुध्दा पनि हिट भएका छन् । तर, पछिल्लोपटक ‘बाजिराव मस्तानी’सँग ‘दिलवाले’ जुधाउदा भने उनले राम्रो अनुभव गरेनन् । ठूलो बजेट, राम्रो प्रचार भएर पनि ‘दिलवाले’ले सफलता पाएन ।
यसैले होला, आउने इदमा सलमान खानको फिल्मसँग जुध्न ठीक्क परेको आफ्नो फिल्म ‘रइस’को प्रदर्शन समय शाहरुखले सारेका छन् ।
पछिल्ला केही वर्षहरुमा इदको बजार सलमान खानले कब्जा जमाउदै आएका छन् । यसपालि त्यो बजारमा हस्तक्षेप गर्ने तयारी गरेका शाहरुख अन्त्यमा पछि हटेका हुन् ।
भारतीय संचार माध्यमहरुले जनाएअनुसार अब ‘रइस’ एक वा दुई साता ढिलो रिजिल हुनेछ । राहुल ढोलकियाले निर्देशन गरेको यो फिल्ममा नवाजुद्धिन सिद्दकी पनि मुख्य भूमिकामा छन् । सलमानको सुल्तानमा भने अनुष्का शर्माले उनको जोडीका रुपमा अभिनय गरेकी छन् ।
सलमानसँग जुध्न डराए शाहरुख

0 comments
Write Down Your Responses