आमाद्धारा छोराको हत्यापछि आत्महत्या !!

अमर नहर्की दमौली , 
वैशाख १५ गते । एउटी आमाले छोरालाई झुन्डाएर हत्या गरे पछि आफु पनि झुन्डिएर आत्महत्या गरेकी छिन् ।
 जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार तनहुँको क्यामिन गाविस–२ माझफाँटकी २५ वर्षिया रिता थापा आफ्नो घरको कोठामा चुकुल लगाई डोरीले पाँच वर्षको छोरा मिसन थापालाई डोरीले पासो लगाई मारे पछि आफु पनि पासो लगाई आत्महत्या गरेकी थिईन् ।
 छोरा सहित आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भईरहेको र विस्तृत जानकारी आई नसकेको प्रहरीले जनाएको छ । मङगलबार विहान साढे १० बजे सम्म पनि कोठा नखुले पछि स्थानिय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घरमा पति नभएको बेला उनले आत्महत्या गरेकी थिईन् ।

0 comments

Write Down Your Responses