अब सिहंदरबारमा नाकाबन्दी गरौंः बाबुराम

प्रचण्डको लभ मधेससँग, बिहे ओलीसँग 

गौरः नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको आन्दोलन सिंहदरबार नाकाबन्दी गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । रौतहटको सदरमुकाम गौरमा बुधवार आयोजित नयाँ शक्ति नेपालको मधेस स्वाभिमान जागरण अभियान कार्यक्रममा बोल्दै नेता भट्टराईले मधेसमा आन्दोलन र मागलाई सरकारले बेवास्ता गरेकोले अबको आन्दोलन सिंहदरबार केन्द्रीत हुनुपर्ने धारणा राखेका हुन् । पुराना पार्टीहरुले देशलाई आर्थिक उन्नतितर्फ लैजान नसकेकाले नयाँ शक्ति गठन गर्नुपरेको नेता भट्टराईको भनाइ छ ।
 संयोजक भट्टराईले अबको आन्दोलन मधेसवादीले मात्रै नगरी थारु, जनजाति र आदिवासी सवै मिलेर एकसाथ गर्नुपर्नेमा जोड दिएका छन एकीकृत माओवादी अध्यक्ष पुष्प कमल दाहालसँग ४० वर्ष सँगै रहँदा पनि उनको स्वार्थी व्यवहार परिवर्तन नगरेकाले आफूले सो पार्टी त्यागेको उनले स्पष्ट पारेका छन् । उन्ले ठट्टेउली शैलीमा भने ‘प्रचण्डजीले मधेससँग लभ परेको छ त भन्नुभो, तर विवाह भने ओलीजीसँग गर्नुभो ।’ आफुले मधेसका मागहरुमा समर्थन गर्दा भारतको एजेन्ट भएको आरोप खेप्नुपरेको समेत बताए ।

0 comments

Write Down Your Responses