डेटिङ गर्दै प्रेमी छाड्दै पेरिस, फेरि भयो ब्रेकअप

२०७३ वैशाख १७ गते 

हलिउड सुन्दरीहरुको प्रेम टुट्नु र जोडिनु कुनै नौलो कुरा नै होइन । उनीहरु कतिबेला एक अर्काको अंगालोमा वाधिन्छन् र कुन बेला अलग हुन्छन् भन्ने पत्तो नै हुँदैन । एक बर्षसम्म प्रेम गरेर गायिका, मोडल, समाजसेवी पेरिस हिल्टनले आफ्ना प्रेमीको साथ छाडेकी छिन् । 
 ३५ बर्षकी यी हट सुन्दरीले स्विजरल्याण्डका व्यापारी थोमस ग्रससँग बर्षदिन सम्म प्रेम गरिन् । पेरिस र थोमसको भेट ‘कान फिल्म फेस्टिबल’मा भएको थियो । यसपछि, यी दुई एकअर्कासँग नजिक भएका थिए । तर, एक बर्षपछि उनको प्रेम छुटेको एक अंग्रेजी म्यागेजिनले उल्लेख गरेको छ । पेरिसले यस अगाडि पनि केही धनाढ्य व्यापारीसँग् प्रेम गरिसकेकी छिन् ।

0 comments

Write Down Your Responses