फेरि संविधान संशोधन हुन्छः दाहाल

वैशाख १०, २०७३- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारु मधेशीका माग सम्बोधन गर्न फेरि संबिधान संशोधन हुने बताएका छन् । थारु राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनलाई आज तुलसीपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानले थारुको पहिचान दिएको र थप माग सुरक्षित गर्न संबिधान संशोधन गर्न सकिने बताए । prachanda
थारुका अधिकार स्थापित गर्न संवैधनिक आयोग समेत गठन भएकाले संबिधानले केही दिएन भन्नु जनताको आँखामा छारो हाल्नु मात्र भएको बताए । छुट्टै प्रसंगमा दाहालले एकीकृत माओवादीबाट चोइटिएर गएका बैद्य र डाक्टर छिटै पुरानो घरमा फर्किने दावी गरे । वैद्य र डाक्टर छुटि्टएर गएपछि अहिले पछुताएको उल्लेख गर्दै उनले अब जतिसक्यो छिटो पार्टीमा फर्किने दावी गरे । दाहालले शुक्रबार नै नेपाल वुद्धिजीवि संगठनको सम्मेलन उद्घाटन गर्दै संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समानुपातिक समावेशीता लागू गर्न वृहत्तर राष्ट्रिय एकता आवश्यक भएको बताए ।

0 comments

Write Down Your Responses