महिलाको लजाउने बानी, गर्दैछ स्वास्थ्यमा हानी

बिबिसी- कैयौं भारतीय गाउँ, शहर र महानगरमा घरको छतमा महिला आफ्नो भित्री वस्त्र यसरी छोपेर सुकाउँछन् (बाँया तस्विर) ताकि कसैले गलत दृष्टिले नहेरोस् । ब्लाउज या पेटिकोटभित्र राखेर या बाथरुमको ढोकाको पछाडिपट्टि भित्री वस्त्रहरु (ब्रा, पेन्टी) सुकाउने गरिन्छ । 
तर, यसले महिलाको स्वास्थ्यमा गहिरो असर पारिरहेको हुन्छ । भारतका कैयौं महिला स्वास्थ्यसंबन्धी समस्यालाई लिएर लजाउने गर्छन् । स्त्री रोग विशेषज्ञ डा. ज्योति खरेका अनुसार घाममा ठीकसंग भित्री बस्त्र नसुकाइकन चिसै लगाउनाले फंगल इन्फेक्सनको खतरा बढ्छ । यस्तो संक्रमण भारतीय महिलामा आम समस्या मानिन्छ । 
यदि तपार्इं भारतमा हुर्किनु भएको हो भने कालो पोलिथिनको रहस्य लुकेको छैन होला । पसलमा स्यानिटरी न्यापकिन किन्दा महिलाहरू कि कालो पोलिथिनमा कि त अखबारमा राखेर दिन पसलेलाई आग्रह गर्छन् ।india1 india4 मध्यप्रदेशको बैतुल जिल्लाबाट करीब ५० किलोमिटर टाढा झिटुढाणा भन्ने स्थानमा लक्ष्मी नाम गरेकी महिला किराना पसल चलाउछिन् । 
उनको पसलमा तेल, चिनीदेखि क्रिमसम्म पाइन्छन् । तर, स्यानिटरी प्याड पाइदैंन । कारण हो, खुल्ला रुपमा स्यानिटरी प्याड किन्न कोही पनि आउँदैनन् । गाउँका केही महिलाले आर्थिक अभावमा किन्दैनन् भने केहीले थाहा नपाएर स्यानिटरी प्याड नकिनेको बताउछन् ।
 सोही जिल्लाको गोंड आदिवासीको गाउँ गुरगुंडाकी एक महिला रामदुलारीले भनिन्, ‘एकपटक म्याडमहरूले न्यापकिन दिएका थिए, तर, त्यो के गर्ने मलाई थाहा भएन, हाम्रो लागि त कपडा नै ठीक छ, न्यापकिन त ठुला मान्छे ले पो प्रयोग गर्छन् ।’
 करीब ७० प्रतिशत ग्रामीण बासिन्दा भएको भारतमा आधाभन्दा बढी घरमा महिनावारीको समयमा सूति या सिन्थेटिक कपडाको प्रयोग गरिन्छ, जसलाई धोएर यस्तो ठाउमा सुकाइन्छ, जसलाई कसैले देख्दैन । केही भारतीय राज्यमा स्यानिटरी न्यापकिन निःशुल्क दिने योजना सुरु गरिएको छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मुस्कान स्यानिटरी न्यापकिन योजना ल्याएका छन् । जसअनुसार २० रुपियाँमा ८ वटा न्यापकिन उपलब्ध गराइन्छ । 
यद्यपि, जागरुकता, झन्झट र इच्छाशक्तिको कमीका कारण कैयौं महिला योजनामा सामेल भएका छैनन् । गुहावाटीबाट ९० किलोमिटर टाढा बारपेटा नामक जिल्लाको धानबन्धा गाउकी ज्योति मण्डलका अनुसार बिहेपछि महिलाले भित्री वस्त्र नलगाउने परम्परा नै बसिसकेको छ । 
महिनावारीका बेला उनीहरू आफ्नो कम्मरमा डोरी बाँधेर त्यसमा कपडा राख्छन् । कैयौं भारतीय समाजमा रुढीवादी परम्परा, आर्थिक अभाव र चेतनाको अभावका कारण महिला न्यापकिनको सट्टा अन्य पारम्परिक चिज प्रयोग गर्छन् । महिलाहरुले बरु मोबाइल चलाउन जानेका छन्, महिनावारीको बारेमा कुरा गर्न भने लाज मान्छन् । i
ndia3 आवश्यकता नै आविष्कारको जननी हो भनेझैं दक्षिणी भारतको कोयम्बुटुरका मुरगानन्थम नामक व्यक्तिले आफ्नी पत्नी र बहिनीले पैसाकै अभावका कारण महिनावारीको समयमा कपडा प्रयोग गर्छन् भन्ने थाहा पाएपछि घरमै एउटा मेशिन निर्माण गरे । त्यो मेशिनले महिलाका लागि स्यानिटरी न्यापकिन बनाउथ्यो । त्यसरी घरमै बनाइएको स्यानिटरी न्यापकिनको लागत १ रुपियाँ पथ्र्यो । ‘गाउँलेले मलाई एकपटक त गाउबाटै निकालिदिए, मेरी पत्नी र परिवार मलाई पागल सम्झिन्थे, यो मेशिन बनाउन त्यत्ति सजिलो थिएन ।’ मुरगानन्थम भन्छन् । 
भारतसहित विश्वका कैयौं विकसित देशमा समेत मुरगानन्थमको प्रविधि पुगिसकेको छ । तर, उनकी पत्नीलाई अझैं पनि आफ्ना पतिको कामको बारेमा सार्वजनिक रुपमा भन्न लाज लाग्छ ।’ भारतमा सार्वजनिक शौचालय अभियानमा लागेको सुलभ इन्टरनेशनलकी प्रमुख विन्देश्वरी पाठक भन्छिन्, ‘मसंग एक जिल्लाकी कलेक्टरसंग भेट भयो, उनी गाउँ भ्रमणका क्रममा दिनभर पिसाब रोक्थिन्, किनकी पिसाब गर्न उपयुक्त स्थान कतै पाइदैनथ्यो ।’
 संयुक्त राष्ट्रसंघका अनुसार भारतमा शौचालयको तुलनामा मोबाइल फोन बढी छ । कैयौं बालबालिकाहरु शौचालय नभएकै कारण विद्यालय जाँदैनन् । पिसाब गर्ने स्थानको अभावमा थुप्रै भारतीय महिला पिसाबथैलीको संक्रमणबाट पीडित छन् ।महिलाले कित बिहान झिसमिसेमै खुला शौचालय जानुपर्छ, कि रातपरेपछि ।
 india5 भारतको ग्रामीण विकास मन्त्रालयले सन् २०१२ सम्ममा सबै गाउँमा शौचालय बनाउने योजना बनाएको थियो, तर, यो योजना पूरा हुन अझैं थुप्रै वर्ष लाग्ने देखिन्छ । एक अखबारले मिस वल्र्ड रहिसकेकी एक भारतीय सुन्दरीलाई सोधेको थियो, बिहान उठ्दा पुरुष भइरहेको पाउनुभयो भने सबैभन्दा पहिलो के गर्नुहुन्छ ?सुन्दरीको जवाफ थियो, सबैभन्दा पहिला म अन्य पुरुषसरह विना संकोच ट्वाइलेट गर्नेछु ।’ उठेर पिसाब गर्ने उपकरण i
ndia6 महिलाको यही मर्कालाई दृष्टिगत गर्दै एक विदेशी कम्पनीले एक उपकरण तयार गरेको छ, जसमार्फत् महिलाले सहजपूर्वक, शौचालयको गन्ध सहन नपर्ने गरी उठी उठी पिसाब गर्न सक्नेछन् । तर, भारतजस्तो परम्परावादी समाजमा यस्तो उपकरणलाई स्वीकारिन्छ होला त ?

0 comments

Write Down Your Responses