विदेशको कोशेली 'एड्स' उपहार

शुक्रबार, २४ बैशाख, २०७३  
बाजुरा । कामको खोजीमा भारत जानेहरुले फर्कदा एचआइभीको जीवाणु बोकेर परिवारमा सार्दै जाँदा सुदूरपश्चिममा निकै ठूलो पीडा सिर्जना भएको छ । 
गत वर्ष मात्रै यस क्षेत्रमा रहेका ६ हजार २ सय २५ एचआइभी संक्रमितमध्ये ३ सय ७५ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम क्षेत्रका ९ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी अर्थात २ हजार ९ सय ३१ जना एचआइभी संक्रमित छन् । त्यसमा पनि १ हजार १८ जनाले एआरटी औषधि सेवन गरिरहेका छन् ।

जसमध्ये गत वर्ष १ सय ७० जनाले अकालमा ज्यन गुमाउनु परेको थियो । दाेस्राेमा रहेको अछाम जिल्लामा १ हजार ३ सय ९१ जना संक्रमित छन् । जसममध्ये २ सय ३५ जनाले औषधि सेवन गरिरहेका छन् । संक्रमणका कारण ७९ जनाको मृत्यु भइसकेको छ । 
यहाँका जिल्लाहरुमा सबैभन्दा कम २३ जनामात्र संक्रमित भएको जिल्लाका रुपमा दार्चुला छ । जहाँ हालसम्म एचआइभी संक्रमितको मृत्यु भएको छैन । राजधानी दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses