राजेश हमाल भन्छन्ः सेनाले हिनतावोध गरायो

२ जेठ, काठमाडौं । भारतीय हिरोइनलाई नेपाली सेनाका जर्नेलले स्वागत गरेको विषयलाई लिएर अभिनेता राजेश हमालले निराशा व्यक्त गरेका छन् । एउटा च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय नायिका सोनाक्षी सिन्हालाई सेनाका जर्नेल समीर शाहीले एयरपोर्टमा पुगेर स्वागत गरेका थिए । हमालले आफ्नो फेसबुक पेजमा सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको बयान दिएका छन् । उनले लेखेका छन्, ‘नेपाली सेना देशको गौरव हो । 
तर यो समाचार बढेपछि देशको एउटा नागरिकका रुपमा मेरो गौरव चकनाचुर भएको छ ।उनले अगाडि लेखेका छन्, ‘देशको एउटा विनम्र कलाकारका रुपमा मैले हिनतावोध गरेँ । यदि उनीहरुलाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा गर्न सक्थे ।’ भूकम्पपीडितको सहयोगका लागि भन्दै सैनिक श्रीमती संघद्वारा आयोजित एक सांस्कृतिक कार्यक्रममा भाग लिन बलिउडका नायिकाद्वय सोनिक्षी सिन्हा र मलाइका अरोरा काठमाडौं आएका थियो । उक्त कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा गरिएको थियो भने नेपाली सेनाले उनीहरुलाई सुरक्षा दिएको थियो ।

0 comments

Write Down Your Responses