संघीय गठवन्धनको आन्दोलनलाई कांग्रेसको समर्थन, कोषाध्यक्ष भन्छिन्-मधेसमा दुई प्रदेश हुनुपर्छ

४ जेठ, काठमाडौं । 
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरु राजधानी केन्द्रीत आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । मधेससहित आदीवासी जनजातिले उठाएको मुद्दा जायज भएको भन्दै नेपाली जनताले अधिकारका लागि गर्ने हरेक आन्दोलनमा कांग्रेसको समर्थन रहने बताइन् । रिपोर्टर्स क्लब 

नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले यादवले भनिन्, ‘मधेसमा दुई प्रदेश हुनुपर्छ ।’ उनले सरकार मधेसको मुद्दा समाधान गर्ने भन्दा पनि आन्दोलनलाई चर्काएर सत्ता टिकाउने रणनीतिमा रहेको आरोप लगाइन् ।
 मधेसको माग पुरा नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले भनिन्, ‘सरकार समस्या समाधान गर्ने भन्दा पनि राजदूत फिर्ता बोलाउने, पुनःनिर्मार्णमा उदासिन हुने, अग्नि पीडितका समस्यामा मुकदर्शक बनेर कार्यकर्ता पाल्ने खेल्मा लागेको छ ।’ 
 कांग्रेस कोषाध्यक्ष यादवले विद्यमान समस्या समाधानका लागि राजनीतिक दलहरु मिलेर प्रयास गर्नु पर्ने बताइन् । कार्यक्रममा शान्तिमन्त्री एकनाथ ढकालले मधेस आन्दोलन मधेसी जनताको नभई त्यहाँका पोलिटिकल एलिटहरुको भएको दाबी गरे । 
उनले भने, ‘मधेस आन्दोलनमा मधेसी जनताको समर्थन भएको भए काठमाडौंमा होइन, मधेसमा आन्दोलन हुने थियो ।’ मन्त्री ढकालले सरकार वार्ता र संबादमार्फत संविधान संशोधनको पक्षमा भएपनि आन्दोलनकारीले उठाएको पुनर्लेखनको पक्षमा नरहेको स्पष्ट पार्दै जार्तामा आए आन्दोलनकारीहरुसँग छलफल गरेर संविधान संसोधनमार्फत समस्या समाधान गर्न तयार रहेको बताए । 

 नेकपा एमालेका सभासद लालबाबु यादवले राजनीतिक नेतृत्वले सीमांकन गर्दा समस्या आएको बताए । सीमांकनमा अधिकार र पहिचान मात्रै नभई सार्मथ्यको कुरा पनि भुल्न नहुने भन्दै यस विषयमा मधेसी मोर्चा आफै स्पष्ट नभएको दावी गरे ।

0 comments

Write Down Your Responses