भुकुम्प पिडितको लागि नेदरल्याण्ड्सबाट पठाएको राहत सामाग्री बल्ल नेपाल पुग्यो ...

 २०७३ वैशाख २६ गते
नेदरल्याण्ड्सबाट पठाएको राहत सामाग्री बल्ल नेपाल पुग्यो बसन्त रानाभाट 0 प्रतिक्रिया 140 शेयर फाइल तस्वीर फाइल तस्वीर नेदरल्याण्ड । 
नेदरल्याण्ड्सका गैर आवासीय नेपाली समुदायको सक्रियतामा एक कन्टेनर राहत सामाग्री नेपाल भित्रिएको छ । नेपालमा गएको विध्वसंकारी भूकम्प पश्चात नेदरल्याण्ड्समा राहात सामाग्री विषेश गरेर लत्ता कपडा र ह्वील चिएरहरु जम्मा गरि नेपाल पठाइएको हो ।
 धेरै जनाको सहयोग सद्भाव र सहकार्यबाट मात्र यो परियोजना सफल हुन सकेको हो । राहत सामाग्री भुकुम्प पिडितको हातमा पुग्ने पुर्ण विश्वास गरेको राहात सामाग्री संकलनमा मुख्य भुमिका रहेका नेदरल्याण्ड्समावासी अमित शर्माको बताए । प्रकोप पश्चात राहात संकलन गरि नेपाल पठाइएको भएता पनि भारत र नेपालको अध्यागमनमा कागजातमा समस्या देखाईएका कारण नेपाल सरकारलाई हस्तान्तरण गर्न विलम्ब भएको हो ।
 कन्टेनरमा निर्वाधरुपमा नेपालमा पुग्न नसक्दा यस विषय नेदरल्याण्ड्सको डच संसदमा समेत बहस भएको थियो । भारतमा कन्टेनर तथा सेवा शुल्क करिव छ लाख नेपाली बुझाउनु पर्ने भए पछि केहि समयको लागि उक्त कन्टेनर अलपत्र भएको थियो । 
नेदरल्याण्ड्सको परराष्ट मन्त्रालय, नेदरल्याण्ड्सकोे दुतावास नयाँ दिल्ली र नेदरल्याण्ड्सको कोलकत्ता कन्सुलरको विषेश सहयोग पश्चात कन्टेनर नेपाल भित्रिएको हो । सामाग्रीहरुलाई विरगंज भन्सारबाट नेपाल सरकारलाई बुझाइने भएको छ ।
 नेपालको गृह मन्त्रालय र अर्थ मन्त्रालयले समेत अध्यागम विमागलाई पत्रचार गरि मानविय सेवाका लागि आएको उक्त राहात सामाग्रीमा कर छुट गर्न पत्रचार गरेको छ । 
 नेपाल सरकारको केन्द्रिय राहात सामाग्री वयर हाउसमा जम्मा गर्न लागिएको यस परियोजनलाई सहयोग पुर्याउदै आइरहेका नेदरल्याण्ड्सका समाजसेवी शशि पौडेलले बताए ।

0 comments

Write Down Your Responses