वैदेशिक राेजगार विभागमा प्रहरीकाे छापा, श्रम स्विकृति शाखा प्रहरीकाे नियन्त्रणमा
वैशाख २७, २०७३
महानगरिय प्रहरी अपराध महाशाखाले श्रमका निम्ती विदेश हिँडेका एक कामदारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
पहिलोपटक विदेश जान लागेको ति कामदारको पासपोर्टमा रि–ईन्ट्रीको भिसा हानिएको छ ।
प्रहरी स्रोतका अनुसार वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा यस्तो अवैध काम भएको हो ।
विमानस्थलबाट कामदार पक्राउ परेसँगै महानगरिय प्रहरी अपराध महाशाखाले वैदेशिक राेजगार विभागमा पनि छापा मारेकाे छ । विभागकाे श्रम स्विकृती शाखालाई नियन्त्रणमा लिएर प्रहरी टाेलीले अनुशन्धान गरिरहेकाे छ ।
प्रहरी स्राेतका अनुसार कर्मचारीकाे मिलाेमताेबीना अवैध काम हुन नसक्ने भन्दै विभागमा पनि छापा मारिएकाे हाे ।
यस्तै प्रहरी टाेलीले गाैशलास्थित हिमालय रेन्डपान्डा ट्राभल, किङ अकबर टुर एन्ड ट्राभल र सिटी टुर एन्ड ट्राभलमा पनि छापा मारेकाे छ ।
त्यहाँबाट प्रहरी नक्कली हाेलाेग्राम तथा श्रम स्विकृतीकाे स्टिकरहरु फेला पारेकाे स्राेतले जानकारी दिएकाे छ ।
स्रोतका अनुसार यसरी रि–ईन्ट्रीको भिसामा कामदारलाई पठाउने यो पहिलो घटना भने होइन ।
प्रहरीले यस्तो काममा संलग्न मेनपावर व्यवसायीलाई पनि पक्रिन अन्तिम तयारी थालेको छ । स्रोतका अनुसार यस्तो काममा केही एजेन्टहरु पनि सक्रिय देखिन्छन् ।
गाैशालास्थित ३ ट्रभल एजेन्सीमा पनि छापा, एयरपोर्टबाट दुई कामदार पक्राउ

0 comments
Write Down Your Responses