चीनले युवतीहरुलाई विदेशीसँग प्रेम सम्बन्ध राख्न नदिने

एजेन्सी –चीनले पछिल्लो समय नेशनल सेक्युरिटी एजुकेशन मनाइरहेको समयमा सुरक्षाको कारण देखायदै चीनियाँ युवतीहरुलाई विदेशी युवाहरुसँग प्रेम सम्बन्ध नराख्न आग्रह गरेका छन् । सचेत गराउन चीनियाँ सरकारले डेन्जर लभ शिर्षकको पुस्तक समेत प्रकाशित गरेको छ । 
उक्त पुस्तकमा विदेशी नागरिकले चिनीयाँ युवती जो सरकारी कर्मचारीसँग लभ गरेर सरकारको गोप्य दस्तावेज विदेशी युवाले लिएको घटनालाई आधार बनाएर कथा निर्माण गरेका छन् । कथाको मुल आशय भनेको चीनको सुरक्षालाई विशेष प्राथमिकता दिनु रहेको छ ।

0 comments

Write Down Your Responses