दिनदिनै मृत्यु माग्दै २३ वर्षीया महिला

२०७३ जेठ ३ गते 
एजेन्सी-शरीरमा असाध्य पीडा छ । जीवनदेखि उनलाई अत्यन्त घृणा लाग्न थालेको छ । ११ वर्षदेखि रहस्यमय ‘टिक बाइट’ (छालामा बेस्सरी टाँस्सिने एक प्रकारको सानो किराले टोक्नु) नामको रोगले पीडित भएकी एक महिलाले आजकाल दिनदिनैं परिवारसंग मृत्यु माग्न थालेकी छिन् । बेलायतको मेडस्टोन केन्टकी क्रिस्टी किप यस्तो समस्याबाट पीडित भएकी हुन् । 
अस्पतालको बेडमा ग्यास लिँदैं गरेको अवस्थामा उनले एकदम दारुणिक रुपमा आफूलाई मृत्यु दिन आग्रह गरेको भिडियो सार्वजनिक भएको छ । उनले आफूलाई स्वीस सुसाइड क्लिनिकमा लैजान आग्रह गरेकी छिन् । १२ वर्षको उमेरमा घरपछाडिको बगैंचमा एउटा किराले हातमा टोकेको थियो । त्यसपछि उक्त घाऊ बिस्तारै बढ्दै गयो । 
 पछिल्ला समयमा उनको अनुहारमा इलेक्ट्रिक सक लागेजस्तै झड्का लाग्ने समस्या देखा परेको छ । त्यसपछि उनको अनुहार पूरै नचल्ने हुन्छ र उनी बिछ्यौनामा समेत जान नसक्ने अवस्थामा पुग्छिन् । अवस्था ज्यादैं खराब हुन थालेपछि उनलाई गत महिनामात्रै चारपटक अस्पताल दगुराउनुपरेको थियो । ती 

युवती र उनका परिवारले किराले टोकेर यस्तो भएको बताएपनि डाक्टरहरु पनि विश्वस्त छैनन् । डाक्टरहरुले उनलाई एकप्रकारको छालाको रोग ‘लुपस’ लागेको अनुमान गर्दै औषधि चलाएका थिए । तर पछिल्ला दिनमा त्यो पनि नभएको बताइएको छ । सातवर्षदेखि उनलाई लुपसको आशंकामा स्टेरोइड र केमोथेरापी चलाइएको थियो ।

0 comments

Write Down Your Responses