अव फेसबुकमा भिडियो अपलोड गर्नुहोस् र पैंसा मालामाल कमाउन सकिने .

फेसुबकमा भिडियो अपलोड गर्दै आएका प्रयोगकर्तालाई खुसीको खबर ! भिडियो अपलोड गरेवापत पैसा कमाउन सकिने फिचर थप्न फेसबुकले गृहकार्य सुरु गरेको छ । फेसबुकमा अपलोड हुने भिडियोमा बिज्ञापन देखिने हुदा भिडियो हेरिएको आधारमा पैसा कमाउन सकिने फेसबुकलाई उद्धित गर्दै कैयन चर्चित वेबसाइटहरुले लेखेका छन् । 
यूट्युवको जस्तै कमाइको ४५ प्रतिशत फेसबुकले लिनेछ भने ५५ प्रतिशत भिडियो अपलोड गर्नेले पाउनेछ । फेसुबकको सर्त छ भिडियो भने आफैले निर्माण गरेको हुनुपर्नेछ । फेसबुकको यो निर्णयले यूट्युबमा मात्र भिडियो अपलोड गर्दै आएका कैयन व्यवसायीक भिडियो उत्पादक ब्यक्ति एवं कम्पनीहरु हौसिएका छन् । दैनिक २० करोड बढी फोटो अपलोड हुदै आएको फेसबुकमा भिडियो पनि आक्रमक रुपमा अपलोड भइरहेको बताइएको छ ।
 फेसबुकमा दैनिक के कति घण्टा अवधिको भिडियो अपलोड हुन्छ भन्ने तथ्याकं नभेटिएपनि अपलोड भएका भिडियोहरु दैनिक ४ अरब पटक भन्दा बढी हेरिने गरेको छ । फेसबुकले नेपाल जस्ता विकाशोन्मुख राष्ट्रमा नि:शुल्क फेसबुक चलाउन सकिने सुविधा उपलब्ध गराइरहेको छ । कुनै दिन नेपालका प्रयोगकर्ताले पनि फेसबुक निशुल्क चलाउन पाउनेछन् त्यो समयमा अझ पेसबुकका प्रयोगकर्ता बढ्न सक्नेछन् । सिबिएसएनले तयार पारेको यो समाचार हेर्नुस्: तर, भनेजस्तो सजिलो छैन

 : १. भिडियो सेयरिङ साइट भनेकै यूट्युब भन्ने आम इन्टरनेट प्रयोगकर्ताको धारणा छ, त्यो सोचाईको जालो तोड्न फेसबुकलाई लामो समय लाग्न सक्छ । 


२. प्रत्येक ३ जना फेसबुक प्रयोगकर्तामा १ व्यक्ति प्रयोगपछि असन्तुष्ट हुने गरेको एक अध्ययनले देखाएको छ, यसले फेसबुकलाई दिर्घकालिन असर पार्न सक्छ ।

 ३. फेसबुकले भनेको छ मासिक १ अर्ब ४४ करोड प्रयोगकर्ताले फेसबुक चलाइरहेका छन् । तर त्यसमा ३ करोड मरेका मानिसको फेसबुक एकाउण्ट सक्रिय अवस्थामै छ भने ७ करोड फेक एकाउण्ट रहेको अध्ययनले बताएको छ । यो क्रम बढ्दो छ ।

 ४. यूट्युबमा भिडियो खोज्न सजिलो छ अर्थात यूट्युबलाई भिडियोको व्यवस्थित लाइब्रेरीको रुपमा लिइन्छ । यो सुविधा फेसबुकमा पाउन गाह्रो छ । 

५. नेपालको परिवेशमा फेसबुकको भन्दा यूट्युवको भिडियो चाडो ‘प्ले‘ हुन्छ । स्लो इन्टरनेट गतीमा फेसबुकको भिडियो ‘प्ले’ नहुने समस्या भइरह्रयो भने हुदा थप समस्या हुन सक्छ ।

 ६. बढीभन्दा बढी विज्ञापन प्राप्त हुने देशका प्रयोगकर्तालाई फेसबुकले बढी सुविधा र प्राथमिकता दिन सक्छ । त्यस्तो अबस्थामा फेसबुकले ल्याउने नयाँ सुविधा नेपाली भिडियो उत्पादक व्यक्ति एवं कम्पनीहरुलाई भीरमा फलेको फर्सी पनि हुन सक्छ ।

 ७. नेपालमा अनलाइन कारोबार गर्न भनेजस्तो सजिलो छैन । अनलाइनमा खर्च गर्न र कमाइको पैसा प्राप्त गर्न उत्तिकै झन्झटिलो छ । त्यसैले सिमित फेसबुक प्रयोगकर्ताले मात्रै लाभ उठाउन सक्नेछन् ।

0 comments

Write Down Your Responses