बलिउड कलाकारका बानी पनि कस्ता-कस्ता

 २०७३ जेठ १
मुम्बई । हरेक मान्छेको रुची भिन्न हुन्छ । एउटालाई अध्याधिक मन परेको कुरा अर्कोलाई नराम्रो लाग्न सक्छ । एउटाको राम्रो वानी अर्कालाई घातक हुन पनि सक्छ । बलिउडमा रहेका केही कलाकारको यस्ता अनौठो वानी छ । सुन्दा जोसुकैलाई अचम्म लाग्छ ।
 कोही खुल्ला आकाशमा नुहाउन चाहन्छन् त कसैलाई बाथरुममा गएर नखाइ हुन्न । हेरौं बलिउड कलाकारको बानी कस्तो रहेछः
sharukh शाहरुख खानः शाहरुख खान दिनमा सबै भन्दा धेरै समय जुत्ता लगाउने नायकको रुपमा चिनिन्छन् । यतिसम्म कि कहिलेकाँही उनी जुत्ता लगाएरै निदाउँछन् । उनी ग्याजेटका अत्याधिक सौखिन छन् । आफ्नो निवास मन्नतमा एउटा फ्ल्याट गेमकै लागि छुट्याएका छन् । फुर्सद मिल्दा उनी आफ्ना साथीहरुलाई बोलाएर गेम खेल्छन् । Sunny अमिताभ बच्चनः अमिताभ बच्चन जहिल्यै दुबै हातमा घडी बाँध्छन् । जतिवेला अभिषेक बच्चन पढ्नका लागि विदेश गएका थिए, अभिषेक बसेको मुलुकको समय जान्नका लागि उनले छुट्टै घडी बाँधेका थिए । उनी एउटा घडीमा भारतको समय हेर्थे त अर्कोमा अभिषेक बसेको मुलुकको समय । अन्तितमा यहि शैलि उनको आदत बन्यो । 
 सन्नी लियोनीः डेब्यु फिल्म ‘जिस्म-२’ को सेटमा सन्नी लियोनीको ब्यबहार देखेर केही दिन निकै हैरान भए प्राविधिक । हरेक १५ मिनेटमा खुट्टा धुने गर्थिन सन्नी । पछि मात्रै थाह भयो । सन्नीको वानी नै रहेछ । हरेक १५ मिनेटमा खुट्टा धुनै पर्ने । विद्या वालानः विद्या वालानसँग आठसय भन्दा धेरै साडी छ । एक अन्तरवार्ताको क्रममा उनले भनेकी थिईन् । 

‘म सपनामा पनि साडी लगाएको देख्छु’ मोडर्न सोसाईटीमा रहेपनि उनको आदत पुरानै छ । उनी अहिले पनि मोबाइल बोक्न मन पराउदिनन् । कहिले काँही ३/४ दिनमा मात्रै मोबाईल चेक गर्छिन त्यहि कारण उनले कतिपय कार्यक्रममा जान भुल्ने गरेकी छिन् । सेफअलि खानः बाथरुममा धेरै समय बिताउने नायकको रुपमा चिनिन्छन् सेफअलि खान । उनको बाथरुममा लाईब्रेरी र टेलिफोन एक्सटेन्सन समेत छ । 
Preity-Zinta प्रीति जिन्टाः अत्याधिक सफा सुघ्घर चाहिन्छ पि्रती जिन्टालाई । उनी कुनै पनि होटलमा बस्नु भन्दा पहिला होटलको बाथरुम चेक गर्छिन् ।

 सुस्मिता सेनः सुस्मिता सेनलाई बाथरुममा नुहाउन मन पर्दैन । उनी घरको छतमा बसेर नुहाउँदा रमाईलो मान्छिन् । उनले आफ्नो घरमा पनि छतमै बाथटब बनाएकी छिन् । त्यो मात्रै हैन उनलाई सर्प निकै मन पर्छ । उनले पाइथन नाम गरेको सर्प पालेकी छिन् । जितेन्द्रः केही वर्ष भयो जितेन्द्रले बाथरुममै बसेर खान थालेको । पेट खाली भए लगत्तै फलफुल चाहिन्छ उनलाई । उनी बाथरुममै बसेर फलफूल खान्छन् ।

0 comments

Write Down Your Responses