दिपाश्रीले भनेकी हुन्, 'राजेश हमालको बैबाहिक सम्बन्ध राम्रो छैन'
केहि महिनादेखी बजारमा राजेश हमालको बैबाहिक सम्बन्ध संकटमा रहेको खबर बारम्बार आइरहेका छन् । यो खबरलाई गलत मान्दैं राजेश हमालले आफ्नो बैबाहिक सम्बन्ध खुसी रहेको पनि बताइसकेका छन् तर अझै पनि राजेश हमालको बैबाहिक सम्बन्ध संकटमा रहेको खबरहरु प्रकाशन भइरहेका छन् ।
पछिल्लो समय फेरी केहि सञ्चारमाध्यममा आएका खबर अनुसार आफू भन्दा धेरै कम उमेरकी मधु भट्टराईसँग बैवाहिक बन्धनमा बाधिएका हमालको बैवाहिक जीवन संकटबाट गुज्रिरहेको उल्लेख गरेका छन् । विवाहपछि आफ्नो हरेक कार्यक्रममा पत्नीलाई साथै लिए जाने हमाल यतिवेला पत्नीलाई काठमाडौमै छाडेर आफू लामो अमेरिका बसाईमा छन ।
उनीहरुवीच खट्पट चर्को हुन थालेपछि मधुलाई छाडेर हमाल अमेरिका उडेको बताईएको छ । उनी अहिलेसम्म स्वदेश फर्किएका छैनन । उनीहरुवीच टेलिफोन संबादसमेत केही समयदेखि हुन नसकेको बताईएको छ । उनीहरुवीच के विषयलाई लिएर खट्पट सुरु भएको हो भन्ने खवर बाहिर नआईसकेपनि हास्य कलाकार दिपाश्री निरौलाको एक कमेन्टले हमाल दम्पत्तिवीचको सम्बन्ध कठिन मोडमा पुगेको अनुमान लगाउन सकिन्छ ।
निरौलाले एक कार्यक्रममा पत्रकारहरुको विवाह कहिले गर्ने भन्ने प्रश्नमा ‘तपाईहरुले राजेश हमालको बैवाहिक जीवन हेर्नु भएको छैन । त्यस्तो भएर म विवाह गर्न सक्दिन’ भनेर दिएको प्रतिक्रियाले यति बेला धेरै प्रश्नहरु उब्जिाइदिएको छ । दिपाश्रीले यो भन्नुको अर्थ राजेश हमालको बैबाहिक सम्बन्ध राम्रो नभएको बुझ्न सकिन्छ ।


0 comments
Write Down Your Responses