राजेश हमालको वैवाहिक जीवन खतरामा भन्ने खबर आएको बेला हमाल ले भने आफ्नी पत्नी मधु भट्टराइसँगको तस्बिर पोष्ट गरे
गसिप बजारलाई मान्ने हो भने, यतिबेला नायक राजेश हमालको वैवाहिक जीवन खतरामा छ । राजेश हमाल र उनकी पत्नी मधु भट्टराइको सम्बन्धमा खटपट आएको खबर केही अनलाइनमा सार्वजनिक भैरहेको छ । तर, गसिप र चर्चाको बजारलाई खासै वास्ता नगर्ने नायक राजेश हमालले भने यसको जवाफ अर्कै तरिकाले दिएका छन् ।
केही अनलाइनमा आएका समाचारको बिषयमा हमालले केही पनि बोलेका छैनन् । तर, उनले आफ्नी पत्नी मधु भट्टराइसँगको तस्बिर पोष्ट गरेका छन् । फेसबुकमा राखिएको तस्बिर नेपाल बाहिरको हो । राजेशले पत्नी मधु भट्टराइसँगको तस्बिर सामाजिक संजालमा नराखेको लामै समय भएको थियो ।
तर, एकाएक हमालले पत्नीसँगको रमाइलो तस्बिर राख्नुको अर्थ उनले घुमाउरो शैलीमा समाचारको खण्डन गर्न खोजेका छन् । उनले अपि्रल ११ मा मधुसँगको तस्बिर फेसबुकमा राखेका थिए । त्यसको करिब १ महिना ६ दिनपछि मात्र हमालले एकाएक मधुसँगको रमाइलो तस्बिर पोष्ट गरे, त्यो पनि केही पुरानो । यसको अर्थ, हमाल बजारमा आएको रुमरलाई तस्बिर मार्फत नै चिर्न चाहन्छन् भन्ने हो ।

0 comments
Write Down Your Responses