‘मोदीले प्रजातन्त्रको हत्या गरे’
‘कांग्रेसलाई कमजोर नसोच’
एजेन्सीः भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले सरकारले प्रजातन्त्रको हत्या गरेको आरोप लगाएकी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नलिइकन गान्धीले अरुणाञ्चल प्रदेश तथा उत्तराखण्डमा कांग्रेस सरकारलाई साम, दाम, दण्ड र भेदको नीति अबलम्बन गर्दै बर्खास्त गरेको दाबी दाबी गरिन् ।
सरकारको यो कदमप्रति आक्रोशित भएकी गान्धीले भनिन्, ‘यसबाट सरकारले प्रजातन्त्रको आधारलाई हल्लाएको मात्र नभई प्रजातन्त्रको ‘हत्या’ नै गरेको छ ।’
कांग्रेस नेत्री गान्धीले आफ्नो दलले देशको प्रजातान्त्रिक आधारस्तम्भलाई नै नष्ट गर्ने गरी वर्तमान सरकारबाट भएका गतिविधिको खुलेर आलोचना गर्ने बताएकी छन् ।
वर्तमान सरकारले भारतीय जनताबीच धर्म, भाषा तथा खानपानका शैलीमार्फत विभाजन गर्न खोजेको समेत आरोप गान्धीको छ ।
अगस्ट वेस्टल्यान्डको विषयमा भाजपा सरकारको सामना गरिरहेकी गान्धीले सरकारसँग आफ्नो दललाई कमजोर नठान्न चेतावनी समेत दिएकी छन् ।
‘भाजपा सरकारले ‘प्रजातन्त्रको हत्या गरिरहेको,’ सरकारको आलोचना गर्दै गान्धीले थपिन, ‘प्रतिपक्षी दल भारतीय कांग्रेसमाथि निराधार आरोप लगाउँदै आफ्नो दल, नेता तथा कार्यकर्ताको अपमान गरेको हामी सहेर बस्न सक्दैनौँ ।’
गान्धीले जीवनले आफूलाई सङ्घर्ष गर्न सिकाएकोले आफूहरुलाई नजिस्क्याउन आग्रह गरेकी छन् ।
उच्च नेताद्वारा गिरफ्तारी
सरकारविरुद्धको आन्दोलनमा कांग्रेस नेता गान्धी तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंह, उपाध्यक्ष राहुल गान्धीलगायतका नेताले भारतीय संसद जाने बाटोमा अवस्थित प्रहरी कार्यालय नजिकैको बाटोमा प्रदर्शन गरी गिरफ्तारी दिएका छन् ।
उनलाई प्रहरीले गिरफतार गरी केही समयपछि रिहा गरेको छ ।
कांग्रेसले जन्तरमन्तरमा आयोजना गरेको विरोध प्रदर्शनको नेतृत्व गर्दै कांग्रेस नेत्री गान्धीले भनिन्, भारतीय कांग्रेस सजक प्रतिपक्षीको भूमिका खेल्ने तर जब राज्यका गतिविधिहरु सहन नसकिने हुन्छन् भारतीय जनताले आफ्ना अधिकार प्राप्तिका लागि पाठ सिकाउन जानेका छन् उनले भनिन् ।
संसदभित्र तथा बाहिर पूर्ण उत्साहका साथ सङ्घर्ष गरिने बताउदै कार्यक्रममा नरेन्द्र मोदी सरकारको गलत कामलाई पर्दाफास गर्न उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरिन् ।
उनले वेस्टल्यान्डको विषयलाई सङ्केत गर्दै वर्तमान सरकारले आफूले पाएको जनमतमाथि खेलवाड गर्दै अघि बढेको तर यसबाट सरकारका दिनगन्ती हुन सुरु भएको चेतावनी दिइन ।
सरकारले अरुणाञ्चल प्रदेश तथा उत्तराखण्डमा कांग्रेस सरकारलाई साम, दाम, दण्ड, र भेदको नीति अवलम्बन गर्दै बर्खास्त गरेको दाबी गर्दै यसबाट प्रजातन्त्रको आधारलाई हल्लाएको मात्र नभई प्रजातन्त्रको ‘हत्या’ नै गरेको आरोप लगाइन् ।
भाजपा सरकारले दलित, महिला तथा जनजातिहरुलाई कानुनमा परिवर्तन गराई उधारो सम्झौता गराएर आफ्नो अधिनमा राख्न प्रयास गरेको नेत्री गान्धीले बताइन । एजेन्सी


0 comments
Write Down Your Responses