सडकमै सेक्स

यौनको तिर्खाले मर्नु पारेपछि के गर्ने ? तिर्खा मेट्नै पर्यो । तर प्यास मेट्ने भनेर जोसमा होस नपूराउँदा कहिलेकाहीँ बित्यासै पर्नसक्छ भन्ने कुरा अमेरिकाका एक व्यक्तिले भोगेको घटनाबाट पुष्टि भएको छ ।अमेरिकाको विस्कन्सिनमा सडकमै सोफासँग सेक्स गरिरहेको अवस्थामा एक जना पुरुष पक्राउ परेका छन् । 
सुरुवाल मात्र लगाएर सडकमै सोफा राखेर दुइ सोफाको चेँपमा सम्भोगको स्वाद लिइरहेका ४६ वर्षे गेरार्ड स्ट्रेटर नामका पुरुष पुलिसको फन्दामा परेका हुन् ।बिग्रेर फ्याँकिएको सोफालाई उनले यौनको प्यास मेट्न प्रयोग गरिरहेको अवस्थामा पुलिसले धरपकड गरेको हो । त्यस अवस्थामा उनले आफ्नो सुरुवाल कुर्कुच्चासम्म झारेर रतिक्रिडा गरिरहेका थिए ।
 रातिको ११ बजेको समयमा उनले यस्तो कृत्य गरिरहेको पुलिसले देखे, त्यसपछि पुलिसले सोफामा को हो ? भनेर चिच्याउँदा गेरार्ड हत्तपत्त सुरुवाल सारेर नजिकैको अपार्टमेन्टभित्र छिरे । तर पछि पुलिसले खोजतलास गरेर उनलाई पक्राउ गर्न सफल भयो ।उनलाई पक्राउ गरी सार्वजनिक स्थानमा अनैतिक क्रियाकलापको मुद्दा चलाइएको छ । 
उनलाई ९ महिना सम्मको जेल र ११ हजार डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ । स्मरण रहोस् इटालीमा पनि फोहोरमा फालिएको बोतलसँग सेक्स गरेर फरार एक पुरुषलाई प्रहरीले खोजीको सूचिमा राखेका छन् ।

0 comments

Write Down Your Responses