दिल्ली गए भनिएका पूर्व राजा त्रिशुलीमा !
पूर्व राजा ज्ञानेन्द्र शाह भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा रहेको संचार माध्यममा उत्सुकतापूर्व समाचार सार्वजनिक भैरहेका बेला आइतबार उहाँ पूर्व राजपरिवारका सदस्यसहित त्रिशुली नदीमा जलयात्रा (र्याफ्टिङ)मा संलग्न भएको समाचार प्राप्त भएको छ ।
पूर्व राजा शाह आफ्ना परिवारका सदस्यहरुसहित ग्रेट नेपाल ट्रेक्स एण्ड एक्सिपिडिशनको संयोजनमा त्रिशुलीमा र्याफ्टिङमा जानुभएको हो । ‘टान’ सदस्य समेत रहेका ग्रेट नेपालका निर्देशक सूर्यबहादुर घिमिरेले आफ्नो पेशबुक वालमा पूर्व राजासहित त्रिशुली नदी किनारको फोटो सार्वजनिक गर्नुभएको हो । नेपाल जापानसंगको कुराकानीमा घिमिरेले यतिबेला आफू पूर्वराजासंगै रहेको जानकारी दिंदै ‘समाचार बनाइहाल्ने कि नहाल्ने’ भन्ने दोधारमा रहेको बुझिन्थ्यो ।
नेपाल जापानसंगको कुराकानीमा घिमिरेले यतिबेला आफू पूर्वराजासंगै रहेको जानकारी दिंनुभएको छ । देशभरको गर्मीको उखरमाउलो गर्मीकाबीच राजपरिवारका सदस्यहरुले गरेको त्रिशुली नदीको जलयात्राले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवापुग्ने पर्यटन व्यवसायीहरुको भनाई छ । केही दिन अघि मात्र पूर्व राजा अकस्मात भारत गएको भन्दै अनेक आशंकाजन्य समाचार प्रजाह भैरहेका बेला आइतबार उहाँसहित राजपरिवारका सदस्यहरु त्रिशली नदीमा जलयात्रामा देखिएपछि उहाँ कहिले दिल्लबाट फर्किनुभएको हो भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ ।



0 comments
Write Down Your Responses