भारत पुगेर मोदीलाई यसरि चुनौती दिए बद्रीले
२०७३ वैशाख २९ गते
लोकदोहोरी गीत मार्फत सन्देश दिन सिपालु गायक बद्री पंगेनीले भारतको नयाँ दिल्लीमा आयोजिक साँस्कृतिक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विषयमा अनावश्यक टाउको नदुखाउन आग्रह गरेका छन् ।
‘वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्ट’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका बद्रीले गीत मार्फत आग्रह गर्दै भनेः
नियम कानुन हाम्रै हो
संविधान हाम्रै हो
मोदीको टाउको किन दुख्ने हो
न त चुके नदी नाला, नत झुके हाम्रा पुर्खा
तिनैका सन्तती किन झुक्ने हो …
भारतले नेपालमा गरेको हस्तक्षेप बिरुद्ध गीत प्रस्तुत गर्न पाउँदा आफूलाई आनन्द आएको प्रतिक्रिया उनले दिए । ‘मैले हस्तक्षेप बिरुद्ध गीत गाउँदा नयाँ दिल्लीमा रहेका नेपालीहरु खुसीले रमाए ।’
अनलाइनखबरसँग कुरा गर्दै बद्रीले भने ।
राष्ट्रिय स्वाभिमान जोगाउनका लागि हरेकले आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने धारणा राख्ने बद्री आफ्नो यो अभियानलाई पनि राष्ट्रियताको पहलको रुपमा लिन आग्रह गर्छन् । ‘मैले भारतको विरोध गरेको हैन, उसको हेपाहा प्रवृत्तीको विरोध गरेको हुँ ।’
प्रधानमन्त्री मोदीलाई प्रत्यक्ष गीत सुनाउन नपाएपनि आफ्नो सन्देश सुनाइदिन कार्यक्रम मार्फत आग्रह गरेका थिए उनले ।


0 comments
Write Down Your Responses