'ब्रेकअप'पछि मलाइकाको अर्बाज खानसँग फेरि 'टाइअप'
जेष्ठ ५, २०७३
१७ वर्ष लामो वैवाहिक जीवन बिताएका बलिउड जोडी मलाइका अरोरा र अर्बाज खानले एक महिना अघि मात्र आफ्नो सम्बन्ध विच्छेद घोषणा गरेका थिए।
केही वर्षयताको खटपट पछि उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर भनेका थिए,'अब हामी सँगै रहँदैनौं। तर, हाम्रो बारे फैलिएको अनावश्यक हल्ला पनि ठीक होइन।'
आफ्नो सम्बन्धबारे अनावश्यक हल्ला फैलँदा चुप बस्नुको अर्थ कमजोर हुनु नभएको कुरा पनि मलाइकाले आफ्नो फेसबुक पोस्ट्मा लेखेकी थिइन्।
तर अर्बाज र मलाइकाले १८ औं म्यारियज एनिभर्सरीको अवसर पारेर आफूहरु पुन: सँगै रहने निर्णय सार्वजनिक गरेका छन्। मुम्बई मिररले जनाए अनुसार सम्बन्ध बिच्छेद मलाइकाको मात्र चाहना थियो। त्यसैले उनी डिभोर्स घोषणा भए लगत्तै पतिसँग छुट्टिएर बसेकी थिइन्।
परिवारिक पहल र प्रयासका कारण उनी फेरि अर्बाजको जीवनमा फर्किने भएकी छिन्। उनी केही दिनमै पहिले बस्दै आएको फ्ल्याटमा अर्बाजसँग हुनेछिन्।


0 comments
Write Down Your Responses