भिजिलान्ते भन्दै आन्दोलनकारीले दुई विद्यार्थीलाई कुटे.

३ जेठ, काठमाडौं । माइतीघर मण्डलामा संघीय गठबन्धनका कार्यकर्ताहरुले कुटेर दुई जना विद्यार्थीहरुलाई घाइते बनाएका छन् । गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै अर्खाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेललाई आक्रमण गरेका हुन् ।
 आफूहरु माइतीघर मण्डलाको किनारमा हिँडिरहेकाबेला गठबन्धनका कार्यकर्ताहरुले झण्डामा प्रयोग भएको लठ्ठी, हेलमेट, मुक्का र लात्ती प्रहार गरेको अधिकारीले बताए । उनीहरुले प्रदर्शनकारीतिर बसेर प्रहरीमाथि ढुंगा हानेर शान्तिपूर्ण आन्दोलनलाई तनावपूर्ण बनाएको प्रदर्शनकारीको आरोप छ । पौडेलको आँखामा गम्भीर चोट लागेको छ । उनलाई अन्नपूर्ण न्यूरो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । यसैगरी अधिकारीको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । प्रहरीले उद्धार गरी उनलाई मण्डला नजिकैको एक घरमा राखेको छ । अधिकारी र पौडेल मैतिदेवीस्थित डेरामा सँगै बस्छन् । अधिकारी त्रिचन्द्र क्याम्पसमा विज्ञान बिषय लिएर स्नातक पढ्दैछन् भने पौडेल शंकरदेव क्याम्पसका स्नातकोत्तर तहका विद्यार्थी हुन् ।

0 comments

Write Down Your Responses