दाङमा १४ वटा सकेट बम फेला, निस्क्रिय बनाइँदै
२९ वैशाख, दाङ ।
दाङको पहाडी युजा गाविस भवनमा मङ्गलबार फेला परेका १४ वटा सकेट बम निस्क्रिय पार्न नेपाली सेनाको टोली आज बिहानै स्युजा प्रस्थान गरेको छ ।
दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिएको जानकारीअनुसार गाविस भवनको बन्द रहेको कोठा मङ्गलबार सफा गर्ने क्रममा बाकसभित्र माओवादीका ब्यानर, कागजपत्रसहित १४ वटा सकेट बम फेला परेपछि नेपाली सेनाको टोली आज बिहान त्यसतर्फ गएको हो ।
सकेट बम फेला परेको खबर गाविसले प्रहरीलाई गरेपछि मङ्गलबार प्रहरी प्रमुख कडायत सहितको सुरक्षाकर्मीको टोली स्युजा पुगेको थियो । घटनास्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा चारजना प्रहरीलाई खटाएर कडायत जिल्ला सदरमुकाम फर्किएका थिए ।


0 comments
Write Down Your Responses