सिंहदरबार घेराउ जारी रहे कारबाही : प्रधानमन्त्री

जेठ ४ 
 प्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ। ‘सडकमा उभिएर दुई–चारजना मान्छेले ट्राफिक जाम गरेका छन्,
’ २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ओलीले भने, ‘सरकारले एक–दुई दिन मात्र छुट दिन्छ, त्यसपछि चुप लागेर बस्दैन ।’ जायज माग सुन्न र पूरा गर्न आन्दोलनको आवश्यकता नरहेको भन्दै उनले मधेसका नाममा मधेसी जनतालाई दु:ख दिएका कारण त्यहाँबाट लखेटिएपछि काठमाडौंमा आन्दोलन सुरु गरेको दाबी गरे ।

0 comments

Write Down Your Responses