विद्रोहीले यसरी झारे हेलिकप्टर....भिडियो हेर्नुहोस

काठमाडौं – कुर्दिसहरुले टर्किस हेलिकोप्टरलाई निशाना बनाएर झारेको भिडियो फूटेज सार्वजनिक भएपछि यतिबेला फेरि विश्वको ध्यान सिरियामा छ । पछिल्लो समय अस्थिर रहेको सिरियामा टर्किस एएच–१ डब्ल्यू सुपर कोब्रा हेलिकोप्टर आक्रमणका लागि उडेको थियो । तर एक कुर्दिस सैनिकले हवाई मिसाईल प्रहार गर्दै टर्कीस हेलिकोप्टर ध्वस्त पारेका छन् । 
उनले निशाना लगाउनुअघि आफ्नो उद्धेश्य स्पष्ट पारेका थिए । उनले प्रहार गरेको मिसाइल सोझै हेलिकोप्टरमा गएर ठोक्किएपछि हेलिकोप्टर ध्वस्त भएर जमिनमा झरेको छ । शनिबार गेरिल्ला टिभीले यो फूटेज सार्वजनिक गरेपछि यतिबेला पश्चिमा मिडियामा हंगामा मच्चिएको छ । गेरिल्ला टिभी कुर्दिस वकर्स पार्टीसँग नजिक सम्बन्ध राम्रो टिभी हो ।

0 comments

Write Down Your Responses