फटाहा र अपराधीलाई राजनीतिक संरक्षण राजनीतिकले मुलुकमा दण्डहिनता बड्यो : डा. भट्टराई
१९ वैशाख,
इटहरी । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिने राजनीतिक अभ्यासले मुलुकमा दण्डहिनता बढेको बताएका छन् ।
अदालतले आफ्नै नेता कार्यकर्तालाई पनि दोषी देखाएका तत्काल निलम्बन गर्ने र आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई संरक्षण नदिने
5१२७ औं मई दिवसको अवसर पारेर नयाँ शक्ति नेपालले इटहरीमा गरेको खुलासभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका छन् । ‘अदालतले दोषी ठहर गरेका व्यक्तिलाई राजनैतिक संरक्षण दिनाले दण्डहिनता बढेको छ,’ उनले भने, ‘नयाँ शक्तिले फटाहा र अपराधीलाई संरक्षण दिँदैन ।’
उनले नयाँ शक्तिले अदालतले आफ्नै नेता कार्यकर्तालाई पनि दोषी देखाएका तत्काल निलम्बन गर्ने र आर्थिक प्रलोभनमा फसेका कार्यकर्तालाई संरक्षण नदिने बताए ।
‘फटाहा र अपराधीलाई राजनीतिक संरक्षण दिएर असल राजनीतिक संस्कार विकास हुँदैन,’ उनले भने । नयाँ शक्तिले यस्तो संस्कारको सुरु गरिसकेको उनले स्पष्ट पारे ।
‘एमाले कांग्रेस र एमाओवादीजस्ता पुराना दलहरुले नयाँ नेपालको विकास र आमूल परिवर्तनका लागि सिन्को भाँच्न सकेनन्’ उनले भने, ‘संसद खच्चड र खिचडीजस्तो भएको छ र यही पुरानो ढर्रा र प्रणालीबाट देशको विकास समभव हुँदैन ।
’ नयाँ संविधान घोषणापछि पनि कार्यान्वयन गर्न नसक्नु दलहरुकै कमजोरी रहेको भन्दै उनले जनताले अहिलेसम्म लोकतन्त्रको महसुस गर्न नसकेको बताए ।
‘देश विकास र परिवर्तन गर्ने भिजन भएका नेताहरु नयाँ शक्तिमा प्रशस्तै छन्,’ उनले भने ,‘हामीले जनताले साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ उनले नयाँ शक्ति दश वर्षभित्र स्वदेशका कुनै पनि नागरिक बेरोजगार र गरिब नहुने अभियानमा लागिसकेको बताए ।
को को उपस्थित थिए ?
नयाँ शक्ति नेपाल सुनसरी जिल्ला कार्य परिषद्को आयोजनामा तथा इटहरी उमनपाको व्यवस्थापनमा आयोजित सभामा नयाँ शक्ति नेपाल, केन्द्रीय परिषद सदस्यहरु केशव दाहाल, गणेशराज राई, मुमाराम खनाल, डम्बर खतिवडा, पर्शुराम खापुड, प्रदेश संयोजक राजेन्द्र किराँती लगायतको उपस्थिति रहेको थियो ।


0 comments
Write Down Your Responses