७ वर्षीय बालकको हत्या आफनै भाउजुबाट

वैशाख २९, २०७३- 
सप्तरी सदरमुकाम राजविराजमा सोमवार राति हत्या गरिएका ७ वर्षीय वालक प्रमोदकुमार साहको हत्या आफनै भाउजु संजिलाले गरेको खुलेको छ । आफूसित भएको झगडाको विषयमा संजिलाले देवर प्रमोदको घाँटी थिचेर हत्या गरी केही समय घरमै शव राखेर मध्यराति कल्र्भट मुनी फालेको खुलेको सप्तरीका डिएसपी दानवहादुर कार्कीले जानकारी दिए । संजिलालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । सोमवार राति ८ वजेदेखि सम्पर्कबिहिन रहेका प्रमोदको शव मंगलवार बिहान घर नजिककैको कलर्भटमुनी मंगलवार बिहान फेला परेको थियो ।
 प्रमोद स्थानीय धर्मराज वोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत थिए । वालकको घाँटीमा निलडाम देखिएको छ । नायव उपरीक्षक कार्कीले भने, 'दाहिने कानको तल र घाँटीको बीचमा थिचिएको, निलो र रातो टाटो जस्तो अबस्थामा उनको शव फेला परेको थियो । सप्तरीको फकिरा ५ मा पुर्खयौली घर भएका प्रमोद र उनकी १३ वर्षीया दिदी रञ्जु अध्ययनका लागि राजविराज ५ मा बस्दै आएका दाजु विनोद र भाउजु संजिलासँगै बस्दै आएका थिए ।
 संजिलाले ससुरापक्षको सहमति बेगर विनोदसित प्रेम बिबाह गरेका थिए । श्रीमान विनोदकुमार साह बिहेको निम्तो मान्न बिहारको निर्मली भन्ने स्थानमा गएको, १३ वषिर्य नन्द रंजनकुमारी साथीको जन्मदिनको भोज खान गएको अबस्थामा देवर प्रमोद मात्र घरमा रहेका बेला संजिलाले उनको हत्या गरेकी हुन् । डिएसपी कार्कीका अनुसार देवर प्रमोदसितको झगडाको विषयमा गाली गर्दे संजिलाले घाँटी अठ्याएकोमा प्रमोद गम्भिर भएको र उनी जिवित रहेमा सासु ससुरा र परिवारवाट तिरस्कृत हुने डरले पुन घाँटी थिची संजिलाले हत्या गरेको खुलेको छ ।
 प्रमोदको घाटी थिचेर हत्या गरे पश्चात शवलाई राती ११ वजे सम्म घरमै राखेको,ततपश्चात नन्द हराएको वहाना गरि घरवाट ८ सय मिटर दक्षिण पश्चिम राजविराज ६ पुल्चोक भन्ने स्थानमा शव दवाउने रेकी गरि वाटोमा मानिसको चहलपहल नभएको देखेपछि पुन घर फर्केर प्रमोदको शव पुल्चोकको कल्र्भटमुनी फालेको खुलेको डिएसपी कार्कीले बताए ।
 हत्या पश्चात प्रमोदको शवलाई कल्र्भट मुनी फाल्दा सम्म संजिलाले आफनी नावालिग बच्चालाई छिमेकीको घरमा राखेको समेत खुलेको छ । नन्द हराएकोले खोजी गर्न जाने भन्दै संजिलाले आफना बच्चा छिमेकीको घरमा राखेको र शवलाई फालेपछि बच्चा रोएको आवाज सुनी छिमेकीको घरवाट बच्चा ल्याई घरमै सुतेको खुलेको डिएसपी कार्कीले बताए । 
संजिलाले प्रहरी समक्ष हत्यामा आफनो संल्गनता स्वीकारेका छन् । बुधवार प्रहरीले उनलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दा चलाएको छ ।

0 comments

Write Down Your Responses