बर्दिसहित भारतीय प्रहरी नागढुंगाबाट पक्राउ

१ जेठ, काठमाडौं । बर्दिसहित नेपाल छिरेका भारत विहारका एक प्रहरी काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगाबाट नेपाल प्रहरीको टोलीले भारतीय प्रहरीलाई पक्राउ गरेको हो । नागढुंगामा भारतीय नम्बर प्लेटको निजी गाडीलाई जाँच गर्दा पोशाकमा भारतीय प्रहरी देखेको र त्यसलगत्तै नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले अनलाइनखबरलाई जानकारी दिए । थापाका अनुसार उनी बिहारका न्यायाधीशसहित काठमाडौं घुम्न आएका हुन् ।
 उनको साथमा हतियार भने थिएन । त्यसैले सादा पोशाकमा मात्रै घुम्ने सर्तमा ति भारतीय प्रहरीलाई छाडिएको थापाले जानकारी दिए । ‘न्यायाधीशको परिवारसहित बडीगार्ड कन्सटेबल आएका रहेछन्,’ थापाले अनलाइनखबरसँग भने, ‘उनलाई लैनचौरमा जानकारी गराएर सादा पोशाकमा मात्रै घुम्ने सर्तमा छाडिएको छ ।’ ति प्रहरी अधिकृतका अनुसार उनले बर्दिसहित आउन नपाइने नियम आफूलाई थाहा नभएकाले गल्ती भएको बताएका छन् । उनलाई आइन्दा यस्तो गल्ती नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses