सुष्मालाई फिल्मको अफर, तर घरमै वित्दैछ दिन

२०७३ वैशाख २० गते 

 कुनै समयकी हट नायिका सुष्मा कार्की अहिले सफ्ट बनेकी छिन् । सुष्मालाई आइटम गीतमा लिनेहरु अहिले हराएका छन् । हुनत, अहिले नेपाली चलचित्रमा आइटम क्रेज पनि खासै छैन । उनै सुष्मा कार्की अहिले घरमै समय बिताइरहेकी छिन् । सुष्मालाई चलचित्रको अफरको ओइरो छैन । उनी भन्छिन्-‘२ वटा चलचित्रको अफर आएको थियो, तर काम गरिन । 
अहिले घरमै दिन बिताइरहेकी छु ।’ सुष्माका अनुसार उनले काम नगर्नुको कारण भूमिका चित्त नवुझेर हो । उही धनी बाउकी छोरीको भूमिका नै आएपछि सुष्मालाई पनि काम गर्न मन लागेन । उनले केही चलचित्रमा धनी बाउकी छोरीको भूमिका निर्वाहा गरिसकेकी छिन् । सुष्माले अभिनय गरेको पछिल्लो चलचित्र ‘चलेस बतास सुस्तरी’ नराम्रोसँग चिप्लिएपछि उनको व्यस्तता घटेको हो । सायद, अब सुष्मा गतिलो भूमिकाको प्रतिक्षामा छिन् ।

0 comments

Write Down Your Responses