सरकार ढाल्न कांग्रेस र मधेसवादी एक मत,
२२ वैशाख, काठमाडौं ।
सरकार परिवर्तनको विषयमा कांग्रेस र मधेसवादी दलहरुबीच औपचारिक वार्ता भएको छ । वार्तामा दुवै पक्ष केपी ओली नेतृत्वको सरकार तत्कालै ढाल्नुपर्नेमा एक मत भएका छन् ।
वार्तामा सहभागी कांग्रेस नेता चीनकाजी श्रेष्ठका अनुसार दुवै पक्षका नेताहरुले वर्तमान सरकार चौतर्फीरुपमा असफल भएको भन्दै तीव्र आलोचना गरेका छन् ।
यो सरकार ढालेर नयाँ गठन गर्नुपर्नेमा सहमति भए पनि नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने टुंगो नलागेको उनले बताए ।
‘मधेसवादी नेताहरुले ओलीको विकल्पमा जसलाई अघि सार्दा पनि हामी साथ दिन्छौं भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘हामी त कांग्रेसकै प्रधानमन्त्री होस् भन्ने चाहन्छौं, तर अरु विकल्पमा पनि जान सकिन्छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी थिए।
यस्तै मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए ।


0 comments
Write Down Your Responses