बार्सिलोनाको टिबीदाबुमा नेपाल प्रवर्धन कार्यक्रम हुँदै
२०७३ वैशाख २९ गते
बार्सिलोना । नेपाल प्रबद्दनका लागि स्पेनमा “नेपाल ईज सेफ टु भिजिट,वुई निड मोर देन ईभर” भन्दै बिशेष कार्यक्रम हुने भएको छ। बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा आगामी जुलाई २ र ३ तारिख कार्यक्रम हुने भएको हो।
स्पेन स्थित सम्पूर्ण नेपाली संघ सँस्था लगायत बार्सिलोना स्थित नेपाली कन्सुलरको बिशेष पहलमा,डाँडामा रहेको पार्कले कार्यक्रमका लागि समय र ठाउँ उपलब्ध गराएको छ। नेपाली पहिचानलाई बिभिन्न माध्यमबाट प्रस्तुत गरिने नेपाल प्रबद्दन बिशेष महोत्सव दुई दिन सम्म चल्ने छ।
कार्यक्रमका लागि सोमबार नेपाली संघ संस्थाहरुले प्रारम्भिक छलफल गरेका छन्। संघ संस्थाहरुले आगामी बैठकमा जिम्मेबारी बाँडफाँड सहित समिति निर्माण गर्दै तयारी थाल्ने भएका छन् ।
गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले स्पेन स्थित सम्पूर्ण संघ संस्थाहरुलाई छलफलका लागि बैठक आह्वाबान गरेका थिए। एनआरएनए स्पेनको कार्यलयमा बसेको बैठकमा संघका अध्यक्ष मुक्त बहादुर गुरुङ,निबर्तमान आईसीसी सदस्य दीपक खरेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
गत बर्ष भने,नेपाल प्रतिको ऎक्यबद्दता” (सोलीडारीदाद पर नेपाल) भन्ने मूल उद्घोषकका साथ बार्सिलोनाको रमणीय एबं पर्यटकीय डाडा टिबीदाबुमा एक दिने महोत्सव सम्पन्न भएको थियो ।
भूकम्पपछि सहयोग आह्वावान गर्दै भएको कार्यक्रममा नेपाली संघ संस्थाहरु लगायत युनिसेफ,रेड्क्र्ससँगै १५ बढी गैर सरकारी संस्थाहरुले पनि सहभागिता जनाएका थिए। तर यस पटक भने नेपाल प्रबद्दनका लागि केन्द्रित हुने भएको छ।


0 comments
Write Down Your Responses