एउटा सेल्फीले तीनजनाको ज्यान लियो
काठमाडौं: सेल्फी लिने चक्करमा भारतमा दुई युवाको रेलमा काटिएर ज्यान गएको छ ।
सेल्फी लिन व्यस्त भएका बेला आएको रेलले भारतको उत्तरप्रदेशस्थित मिर्जापुरमा रेलमा काटिएर ती युवाको केही दिनअघि ज्यान गएको हो
सेल्फी लिने क्रममा रेलबाट दुई युवा काटिएको दृश्य हेर्न उठ्ने क्रममा रेलबाट खसेर एक यात्रुको पनि ज्यान गएको छ ।
रेलवेका अधिकारीका अनुसार यो घटना मिर्जापुरस्थित रेलवे क्रसिङबाट केबल २० मिटरको दुरीमा भएको हो ।
तीब्रगतिमा रेल आएपछि त्यहाँ रहेका गेट पालेले ती युवाहरुलाई रेलवे क्रसिङबाट हट्न भनेका थिए । तर उनीहरु अटेर गर्दै सेल्फी लिन लागेपछि ती युवाको रेलमा काटिएर ज्यान गएको हो ।
रेल्वे अधिकारीका अनुसार तीब्र गतिको ब्रहमपुत्र मेललाई आएको देखेपछि १८ वर्षीय विनोद २० वर्षीय जितेन्द्र अर्को रेल लाइनमा हामफालेका थिएण ।
एउटा रेलबाट बच्न अर्को रेल लाइनमा हामफालेका उनीहरु अर्को रेल लाइनको तर्फ पनि आएको रेलले काटेपछि दर्दनाक मृत्यु भएको हो ।
यो घटनालाई रेलबाट हेर्न कोशिस गर्दा ब्रहमपुत्र मेलका एक यात्रुको पनि रेल्वे लाइनमा खसेर ज्यान गएको छ । रेल्वे लाइनमा खसेका उनलाई पनि रेलले ठक्कर दिएपछि मृत्यु भएको हो ।


0 comments
Write Down Your Responses