काठमाण्डाै दिउसाेपनि असुरक्षित : सिक्री लुटेको अभियोगमा पक्राउ

काठमाडौँ । गलामा लगाइएको सिक्री लुटपाट गरेको अभियोगमा स्थानीय कपन बस्ने मुगु पिना–२ घर भएका २२ वर्षीय खड्कजङ्ग शाहीलाई प्रहरीले आज पक्राउ गरेको छ । 
 काठमाण्डाै दिउसाेपनि असुरक्षित : सिक्री लुटेको अभियोगमा पक्राउ शाहीलाई कामपा–३१ भृकुटीमण्डपस्थित माइक्रोपार्क नजिक कपन बस्ने धादिङ मैदी–८ की सवमा श्रेष्ठले गलामा लगाइएको डेढ तोलाको सुनको सिक्री लुटेको अभियोग लगाइएको छ । शाहीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले लुटिएको उक्त सिक्रीसहित पक्राउ गरेको हो ।

0 comments

Write Down Your Responses