प्रधानमन्त्री धरान जाँदै, के के छन् कार्यक्रम?

१७ बैशाख २०७३ 
इटहरी : नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज सुनसरी आउने कार्यक्रम छ। प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंका अनुसार प्रधानमन्त्री ओली शुक्रबार विहान यति एअरको विमानबाट विराटनगर विमानस्थल हुँदै सुनसरी जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनका लागि आउने कार्यक्रम रहेको छ। 
 प्रधानमन्त्री ओली धरानमा नेकपा (एमाले)को सातौं धरान नगर अधिवेशन समारोह उद्घाटनका लागि धरानस्थिन भानुचोक पुग्नेछन् उनले हालै उपमहानगरपालिका बनेको धरान क्षेत्रको पार्टीको नयाँ संरचना अनुसारको पार्टी नेतृत्व छनोटका लागि हुन लागेको अधिवेशन उद्घाटनपछि दिउँसो साढे १ बजे जिल्ला प्रशासन कार्यालय इनरुवामा कार्यालय प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी चापागाईंले जानकारी दिए। 
 त्यसपछि प्रधानमन्त्री ओली आजै नेकपा (एमाले) सुनसरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री ओली शुक्रबार नै अपराह्न राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको नेकपा (एमाले) सुनसरी अध्यक्ष द्वारिकालाल चौधरीले जानकारी दिए।

0 comments

Write Down Your Responses