News
»
साहित्यकार झमक अब चलचित्रमा
साहित्यकार झमक अब चलचित्रमा
युवा साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ मन
को शुभमुहूर्त उनको गृह जिल्ला धनकुटामा सम्पन्न भएको छ ।
जन्मजात मस्तिष्क पक्षघातबाट पीडित युवा साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित यो चलचित्रको छायांकन प्रारम्भ भैसकेको छ । विनोद विष्टको निर्देशन तथा लगानीमा झमकद्वारा लिखित ‘जीवन काँडा कि फूल’ शीर्षकको आत्मकथामा आधारित २ घण्टा २० मिनेट लामो यो चलचित्रका लागि सुटिङ युनिट अहिले धनकुटामा छ ।
चलचित्रमा सिलगुडीकी अवस्था थापा र काठमाडौंकी रोजिता बुद्धाचार्य झमकको बाल्यकाल र यौवनावस्थाको भूमिकामा देखिनेछन् । दसैंअघि नै प्रदर्शन गर्ने लक्ष्य राखिएको यो चलचित्रको ९० प्रतिशत छायांकन धनकुटामा र बाँकी धरान तथा काठमाडौंमा गरिने विष्टले जनाए
0 comments
Write Down Your Responses