मधेसी र जनजाति मिलेर आन्दोलन गर्ने सहमति
२७ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आदिवासी जनजाति दलहरु मिलेर संयुक्त रुपमा आन्दोलन गर्ने सहमति भएको छ ।
उपेन्द्र यादव
उपेन्द्र यादव
शनिबार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा संघीय गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले भने, बैठकपछि फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘राज्यको विभेदकारी नीतिविरुद्ध हिमाल, पहाड र मधेस सबै क्षेत्रमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको छ ।’
संघीय गठबन्धनले राजधानीको सभागृहमा वैशाख ६ गते बृहत अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ ।
संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक नाराका साथ राजनीतिज्ञ एवं बौद्धिक व्यक्तिहरु प्रमुख वक्ता रहने उक्त अन्तरक्रियाले आगामी आन्दोलनलाई दिशानिर्देश गर्ने बताइएको छ ।

0 comments
Write Down Your Responses